शीतलहर तथा बाक्लो हुस्सुबाट जनजीवन प्रभावित « Khabarhub

शीतलहर तथा बाक्लो हुस्सुबाट जनजीवन प्रभावित


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरको जनजीवन शीतलहर र बाक्लो हुस्सुबाट प्रभावित भएको छ । बिहानै विद्यालय जाने बालबालिका, वृद्ध वृद्धा, विपन्न परिवार शीतलहर र बाक्लो हुस्सुबाट प्रभावित भएका छन् ।

 शीतलहर चल्ने क्रमसँगै निकै चिसो बढेपछि विद्यालय जाने बालबालिकामा ज्वरो, टाउको दुख्न, पेट दुख्नेलगायतका समस्या देखा पर्न थालेको छ । वृद्ध वृद्धामा श्वासप्रश्वासको समस्या देखा परेको छ । 

आर्थिक रूपमा विपन्न परिवार र विभिन्न शिविरमा झोपडी बनाएर बस्दै आएका सुकुम्वासी, भूमिहीन परिवार ओढ्ने बिछ्याउने न्यानो कपडाको अभावमा चिसो सहेर बस्न बाध्य छन् । 

कठ्याङ्ग्रिँदो चिसोका कारण मजदुरी गर्नमा पनि ती परिवारले कठिनाइ खेप्नुपरिरहेको छ । वनहरा शिविरमा बस्दै आएका मानध्वज लुहार चिसोका कारण बाह्य क्षेत्रमा हिँडडुल गर्न अप्ठेरो परेको बताउँछन् । 

वर्षौं पहिले दातृ निकायले दिएको प्लास्टिकको त्रिपालबाट शीतको थोपा चुहिँदा झोपडीभित्रका ओढ्ने बिछ्याउने कपडा निथ्रुक्क भिज्ने गरेकाले आगो बालेर न्यानो गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

‘शिविरमा बस्दै आएका धेरै परिवारसँग न्यानो ओढ्ने बिछ्याउने कपडा नहुँदा आगो नै एक मात्रै सहारा बनेको छ’ उनले भने, ‘आर्थिक अवस्था दयनीय हुँदा किन्ने क्षमता छैन, अरु वर्ष दातृ निकायले दिन्थे दुई वर्षदेखि कोही पनि सहयोग गर्न शिविर छिरेका छैनन् ।’

बिहानीपखको समयमा महाकाली नदीबाट नदीजन्य पदार्थ ट्र्याक्टरमा ढुवानी गर्दै आएका मनोज चौधरीले बाक्लो हुस्सुका कारण सडकमा देख्नका लागि मुस्किल हुन थालेपछि दिउँसोपख मात्रै काममा जाने गरेको बताए।

‘बाक्लो हुस्सु लाग्छ’, चौधरीले भने, ‘सडकमा देख्न नै मुस्किल हुन थालेकाले दुर्घटनाको डरले दिउँसोपख मात्रै ट्र्याक्टर चलाउनुपरेको छ ।’

शीतलहर र हुस्सुका कारण किसानले खेतबारीमा लगाएको तरकारी बालीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ । रोगको सङ्क्रमणले सबैभन्दा बढी आलु बालीमा क्षति पुर्‍याउन थालेको स्थानीय किसानको भनाइ छ ।

चिसोका कारण स्वास्थ्य संस्थामा विगतको तुलनामा बिरामीको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको पिपलाडी स्वास्थ्यचौकीका प्रमुख दुर्गादत्त भट्टले बताए। रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढी स्वास्थ्य चौकी पुग्ने गरेको उनको भनाइ छ ।

दिउँसो १२ बजेपछि कुनै दिन घाम लाग्ने गरे पनि अधिकांश समय शीतलहर र हुस्सु लाग्ने गरेको छ । बिहानीको समय र साँझको समय भने निकै चिसो हुने गरेको छ । 

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  २ : ३१ बजे

गाउँमा बाँदर निषेध गरे सुकुम्बासी समस्या आधाले निरुपण हुन्छ : अर्थशास्त्री हरि रोका

काठमाडौँ– अर्थशास्त्री हरि रोकाले सरकारलाई सहरमा सुकुम्बासी बस्न निषेध गर्नुभन्दा

दुईदिने बिदाकाे चापले अतिरिक्त सिफ्टको तयारीमा सरकारी अस्पताल, ओपीडी–शल्यक्रिया प्रभावित

काठमाडौँ– सरकारले इन्धन खपत घटाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्