च्याम्पियन्स ट्रफी : न्युजिल्यान्ड र भारत सेमिफाइनलमा « Khabarhub

च्याम्पियन्स ट्रफी : न्युजिल्यान्ड र भारत सेमिफाइनलमा


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

रावलपिण्डी – न्युजिल्यान्ड र भारत च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन्।

सोमबार रावलपिण्डीमा भएको खेलमा न्युजिल्यान्डले बंगलादेशलाई ५ विकेटले हराएसँगै एक खेल अगाडि नै भारत र न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरेका हुन्।

समूह ‘ए’ को शीर्ष स्थानका लागि अब भारत र न्युजिल्यान्डबीच मार्च २ मा प्रतिस्पर्धा हुनेछ। सो खेलको नतिजा जे भए पनि मार्च ४ मा भारतले पहिले सेमिफाइनल दुबईमा खेल्ने छ भने न्युजिल्यान्डले मार्च ५ मा दोस्रो सेमिफाइनल खेल्ने छ।

प्रतियोगिताबाट बाहिरिइसकेका बंगलादेश र पाकिस्तानले बिहीबार रावलपिण्डीमा प्रतिस्पर्धा गर्नेछन्। उक्त खेलमा दुवै देश पहिलो जितको खोजीमा हुनेछन्। आयोजक पाकिस्तान सान्त्वना जितको खोजीमा हुनेछ।

सोमबार भएको खेलमा बंगलादेशले दिएको २३७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २४० रन बनाएको थियो। न्युजिल्यान्डका रचिन रविन्द्रले शानदार शतकीय पारी खेल्दै ११२ रन जोडे। १०५ बलको सामना गरेका उनले १२ चौका र १ छक्काको मद्दतमा शतक हिर्काएका हुन्। उसका लागि टम लाथमले ५५ रन जोडे।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ९ विकेटको क्षतिमा २३६ रनको योगफल खडा गरेको थियो। तान्जिद हसन र नजिमुल मुसेन सान्टोले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गर्दा बंगलादेश बलियो अवस्थामा रहे पनि माइकल ब्रासवेलले बङ्गलादेशको पारी ध्वस्त बनाएका थिए। न्युजिल्यान्डका ब्रासवेलले १० ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। बंगलादेशले ११८ रनमा ५ विकेट गुमाएका थियो। बङ्गलादेशका सान्टोले सर्वाधिक ७७ रन जोड्नुबाहेक अन्य बयाट्सम्यान टिक्न सकेनन्।

समूह ‘बी’मा सबै टिमले एकएक खेल खेल्दा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले दुईदुई अंक जोडेका छन् भने इंग्ल्यान्ड र अफगानिस्तान अंकबिहीन छन्।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ६ : २८ बजे

सुदूरपश्चिमले अझै सच्याउँदैछ, के छन् ६ प्रदेशको बजेटमा नयाँ विशेषता ?

काठमाडौं– असार १ गते साँझसम्म ६ वटा प्रदेश र मध्यरातसम्म

विनियोजन विधेयकमाथि छलफल जारी : खर्च कटौतीका प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात

सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत

काठमाडौं– सिंहदरबारस्थीत ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ

साइप्रसमा बन्धक उज्ज्वल कुँवरको उद्धार गर्न आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले साइप्रसमा बन्धक बनाइएका धादिङका