तोकिएकै समयमा कर वृद्धि हुने ट्रम्पको भनाइ | Khabarhub Khabarhub

तोकिएकै समयमा कर वृद्धि हुने ट्रम्पको भनाइ


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँसँगको भेटपछि पत्रकारलाई सम्बोधन गर्दै क्यानडा र मेक्सिकोमा आफूले घोषणा गरेको कर योजनाअनुसार अघि बढिरहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीसमेत प्रतिद्वन्द्वीलाई चर्को करको चेतावनी दिइरहेका बेला उनी र म्याक्रोँबीच युक्रेनको द्वन्द्वमा केन्द्रित वार्ता भएको हो ।

पदभार ग्रहण गरेलगत्तै राष्ट्रपति ट्रम्पले अवैध आप्रवासन र घातक फेन्टानिलको प्रवाहको कारण देखाउँदै क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशतसम्म कर लगाउने घोषणा गरेका थिए । 

वार्ता जारी रहेकै बेला उनले अन्तिम समयमा एक महिनाका लागि कर वृद्धि स्थगन गरिएको घोषणा गरेका थिए । 

यो विराम अर्को मंगलबार समाप्त हुनेछ, र सबैको नजर उत्तर अमेरिकी छिमेकीहरूले उनीहरूको कार्यान्वयन रोक्नका लागि सम्झौतामा आउन सक्छन् कि सक्दैनन् भन्नेमा छ ।

कर वृद्धिले अटो उत्पादनजस्ता प्रमुख क्षेत्रहरूमा आपूर्ति श्रृङ्खलालाई कमजोर पार्नेछ।

ट्रम्पले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘करहरू निर्धारित समयमा नै लागु हुनेगरी प्रक्रियाहरू अघि बढिरहेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १ : ४४ बजे

पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै

भोजपुर– भोजपुरका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ

राज्य व्यवस्थासहित शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा संसदीय समितिको बैठक

जलवायु परिवर्तनको असरः पोर्चुगलमा ९४ वर्षयताकै सबैभन्दा धेरै गर्मी

पोर्चुगल – पोर्चुगलले सन् २०२५ मा ९४ वर्षयताकै सबैभन्दा बढी

देशभरको मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (आइतबार) बस्दैछ