अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाले रुद्ध | Khabarhub Khabarhub

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाले रुद्ध


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाले रुद्ध भएको छ ।

पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार अपराह्न २: ४५ बजेदेखि शुरु हुनुपर्ने समूह बी अन्तर्गतको यो खेल लगातारको वर्षापछि शुरु नै नभएर रद्ध भएको छ ।

खेल रद्ध भएपछि अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक एक अंक बाँडेका छन् । यसपछि समूह बी मा दक्षिण अफ्रीका २ खेलमा ३ अंकसहित शिर्ष स्थानमा रहेको छ भने अस्ट्रेलियापनि २ खेलमा समान ३ अंकसहित रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ  ।

यस समुहमा रहेका इङल्याण्ड र अफगानिस्तानले आफ्नो पहिलो खेलमा हार बेहोरेर अंकविहिन रहेका छन् । अब च्याम्पियन्स ट्रफी अन्तर्गत बुधबार इङल्याण्ड र अफगानिस्तानबीच खेल हुँदै छ । यो खेल पाकिस्तानको लाहोरमा हुने छ ।

च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ए बाट भने भारत र न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् । त्यस्तै बंगलादेश र पाकिस्तान भने आफ्ना २-२ खेलमा हार बेहोरेर बाहिरिएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ६ : २७ बजे

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली