आजका समाचार : कुलमानलाई फेरि स्पष्टीकरण, भेटवार्तामा व्यस्त परराष्ट्रमन्त्री र ट्रम्प-म्याक्रोन भेटवार्ता | Khabarhub Khabarhub

आजका समाचार : कुलमानलाई फेरि स्पष्टीकरण, भेटवार्तामा व्यस्त परराष्ट्रमन्त्री र ट्रम्प-म्याक्रोन भेटवार्ता


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

छात्रवृत्तिमा आवेदन दिनेको संख्या नै पुगेन, प्रधानमन्त्रीले निकाले सूचना
शिक्षा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विभिन्न विषयका लागि खुलाइएको छात्रवृत्तिको लागि आवेदन दिनेहरूको संख्या नै पुगेन ।

त्यहीकारण प्रधानमन्त्री केपी शर्मा ओलीले आवेदकको संख्या नपुगेको भन्दै विद्यार्थीहरूसँग सामाजिक सञ्जालमा आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले फेसबुकमार्फत् खाली सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो आवेदन दिन आग्रह गरेका छन् ।

शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएको थियो । अन्डर ग्रयाजुएट एमबीबीएस १ जना, पोस्ट ग्रयाजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिट अझै खाली रहेको मन्त्रालयले जनाएको छ ।

नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्घाटन

कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण

जेनेभामा कूटनीतिक भेटवार्तामा व्यस्त हुँदै परराष्ट्रमन्त्री डा देउवा

राजनीतिको केन्द्र जनता हुनुपर्छ : राष्ट्रपति

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

राष्ट्रपति पौडेलसँग एनसीसी प्रतिनिधिको शिष्टाचार भेट

शिक्षामन्त्री भट्टराई बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

सकारात्मक सोचाई राखौँ, भएको विकासलाई आत्मसात् गरौँ : उपप्रधानमन्त्री सिंह

अधिकार त्यसै प्राप्त भएको हैन, विगतको संघर्ष र त्याग भुल्नु हुँदैन : उपप्रधानमन्त्री सिंह

मैले बोल्दा मनोवैज्ञानिक रूपमा अवरोध गरियो : नारायणकाजी
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनतासँग माओवादी तराई–मधेश जागरण अभियान उद्घाटनका क्रममा आफूलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएको बताएका छन् ।

आज चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डको आग्रहमा आफूले उद्‌घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रुपमा अवरोध गर्ने स्थिति उत्पन्न भएकाले मन्तव्यलाई अघि नबढाएको जानकारी दिए ।

उक्त घटनालाई सामान्य रुपमा लिन आग्रह गर्दै श्रेष्ठले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकतावद्ध ढङ्गले अघि बढाउन प्रतिवद्ध रहेको समेत बताए ।

त्यस्तै, उनले जनतासँग माओवादी तराई–मधेश जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने स्पष्ट पारे । पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरूको भावनालाई सकारात्मक रुपमा लिँदै सार्वजनिक रुपमा नै क्षमायाचना गर्न चाहेको उनको भनाइ थियो ।

प्रचण्डको चुनौती- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्छ

देश विकास हुँदै छ, युवा निराश हुनु पर्दैन : प्रधानमन्त्री

माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : प्रचण्ड

प्रकृतिका बुवाले प्रधानमन्त्रीसँग भने- आगामी दिनमा नेपालीका छोराछोरीको यस्तो घटना सुन्नु नपरोस्

माओवादीको तराई–मधेश अभियान टोली मोरङमा

संसदीय समितिले राम्रो काम गर्‍यो तर, सभापतिमाथि प्रतिसोध साधियो : सन्तोष परियार

पूर्वराजालाई ठाकुर गैरेले भने-निरंकुश बन्दा राजतन्त्र ढल्यो, धेरै आँखा नचम्काउनू
प्रमुख सत्तारूढ नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्रले शहीदहरूको अपमान गरेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले ७५औँ प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाद्वारा जारी भिडियो सन्देशले नेपाली समाजलाई तरंगित बनाएको टिप्पणी गरेका हुन् ।

‘पूर्व राजा ज्ञानेन्द्रबाट शहीदको अपमान भयो । प्रजातन्त्रप्रति विषवमनको कोसिस गरे । जननेता मदन भण्डारीले ०४६ सालको परिवर्तनलगत्तै ०४८ को निर्वाचनताका तत्कालीन राजाले संविधानको केही प्रावधान उल्लंघन गर्ने प्रयास गरेपछि भन्नुभएको थियो(महाराज हात नलम्काइबक्सियोस् । आँखा नझिम्काइबक्सियोस् । संविधानले, व्यवस्थाले दिएको आशनमा बस्नुहोस् । हामीलाई आपत्ति छैन । तर, संविधान उल्लंघनको कोसिस भए राजतन्त्रको समाप्तिलाई कसैले रोक्न सक्ने छैन,’ उनले भने ।

२०४७ चैत ५ गते काठमाडौंमा आयोजित चुनावी सभामा नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीले सबैभन्दा चर्चित मन्तब्य दिएका थिए। उनले तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच खोलेर चुनाव लडेर राजनीतिमा आउन चुनौती दिएका थिए ।

प्रधानमन्त्री ओली र पूर्वराजाविरुद्ध खनिइन् रेखा शर्मा

हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने विधेयक संसद्मा प्रस्तुत

ओली सरकारबाट जनताको कहिले भलो भएन : ज्ञानेन्द्र शाही

दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग

ज्ञानेन्द्र शाहीले संसदमा बोल्दा एमाले माओवादीको प्रतिवाद

७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग

काठमाडौँमा ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने
महान्यायाधिवक्ता कार्यालयले डिजिटल अपराध नियन्त्रण, अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियामा अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ ।

कार्यालयले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी यही फागुन १५ र १६ गते सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो । महान्यायाधिवक्ता रमेश बडालले सम्मेलनमा डिजिटल अपराध अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्दै कानुनी, नीतिगत तथा संस्थागत सुधारको मार्गचित्र तय गर्ने बताए।

काठमाडौँमा हुने सम्मेलनमा नेपाल, संयुक्त अधिराज्य (बेलायत), नेदरल्यान्ड्स, मलेसिया, साउदी अरेविया, सिंगापुर, माल्दिभ्स, दक्षिण कोरिया, अजरबैजान, भारत, चीन, श्रीलङ्का, नर्वे, रुसलगायत १३ राष्ट्रका ९० भन्दा बढी सरकारी वकिल, कानुनविज्ञ, न्यायाधीश तथा सम्बन्धित निकायका उच्च अधिकारीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

प्रमाणित दोषीलाई भिसा दिएको भन्दै अमेरिकी र अस्ट्रेलियाली दूतावासलाई चलाउनेको पत्र

‘प्रदेश भवन ऐन, २०७६’ संशोधन गर्न बनेको विधेयक पारित

अर्जुनधारा धाममा २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने

स्ववियु निर्वाचन तोकिएकै समयमा हुनुपर्छ : नैनसिंह महर

महाशिवरात्रि : पाँच लाख भक्तजन पशुपति आउने, दुई सेकेन्डमा १० जनाले दर्शन गर्ने

प्रेमसम्बन्धको विवादमा दुई पक्षबीच झडप : २० जना घाइते, प्रहरीको गाडीसमेत जलाइयो

रुस-युक्रेन युद्ध अन्त्यका लागि ट्रम्प र म्याक्रोन भेटवार्ता, के कुरा भयो ?
अमेरिका भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले शान्ति स्थापनाको अर्थ युक्रेनको आत्म समर्पण मात्र हुन नहुने बताएका छन्।

रुसले युक्रेनमा आक्रमण गरेको तीन वर्षपछि सोही युद्ध अन्त्यका लागि दुवै नेताबीच छलफल भएको छ।

फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्बिरः सिएनएन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति स्थापनाका लागि अमेरिकाले मात्र नभई युरोपेली राष्ट्रले पनि मूल्य चुकाउनु पर्ने बताए। यसअघि किभमा भएको पश्चिमा देशको सम्मेलनमा युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले यसै वर्ष युद्ध अन्त्यको अपेक्षा राखेको बताए।

रक्षाखर्च आधा गर्ने ट्रम्पको प्रस्तावमा पुटिनको समर्थन, चीनको असहमति

नेतान्याहुले युद्ध विराम भंग गर्न चाहेको हमासको आरोप

तोकिएकै समयमा कर वृद्धि हुने ट्रम्पको भनाइ

रूसी सुरक्षा प्रमुख र इन्डोनेसियाका राष्ट्रपति प्राबोवोबीच भेटवार्ता

बङ्गलादेश र पाकिस्तानबीच सिधा व्यापार सुरु

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ८ : ०१ बजे

डोलेश्वरमा महाशिवरात्रिको तयारी पूरा

भक्तपुर – केदारनाथको शीर मानिने डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको तयारी

पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध

काठमाडौं – नेपाल प्रहरीले महाशिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजा आउने भक्तजनलाई

महाशिवरात्रिको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरु)

काठमाडौं – देशभरका शिवालयमा बुधबार महाशिवरात्रि मेला लाग्दैछ । सोही

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि चारै ढोका खुल्ने

काठमाडौं – महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा

केआईआईटीबाट फर्किएका विद्यार्थीलाई त्रिविले क्रेडिट ट्रान्सफर गरिदिने

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भारतको ओडिशास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल