सेना दिवसको पूर्वसन्ध्यामा मैत्रीपूर्ण फुटबल « Khabarhub

सेना दिवसको पूर्वसन्ध्यामा मैत्रीपूर्ण फुटबल


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशको राजधानीमा सेना दिवसको पूर्व सन्ध्यामा मैत्रीपूर्ण फुटबल आयोजन भएको छ।

धनुषाको महेन्द्रनगर स्थित श्री विष्णु दल गणले आज मैत्रीपूर्ण फुटबल आयोजन गरेको हो ।

रातो जर्सीको नेतृत्व जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह र निलो जर्सीको नेतृत्व धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले गरेको सो खेलमा  विभिन्न पालिका प्रमुख, सुरक्षा निकाय लगायत विभिन्न कार्यालयका प्रमुखहरू, विभिन्न संघ संस्थाका प्रतिनिधि, सामाजिक अगुवा लगायतको सहभागिता रहेको थियो ।

५ -५ गोलको खेल बराबरीमा पुगेपछि सो मैत्रीपूर्ण खेल पेनाल्टीमा १ गोलको अन्तरले निलो जर्सी विजयी भएका थिए । मैत्रीपूर्ण खेलपछि सांस्कृतिक कार्यक्रमको समेत आयोजन गरिएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : ४० बजे

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल