पथरीमा डढेलो नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम | Khabarhub Khabarhub

पथरीमा डढेलो नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पथरी–  सामुदायिक वन उपभोक्ता महासंघ पथरी-शनिश्चरेको आयोजनामा वन डढेलो नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको छ।

वन डढेलो तथा आगलागी नियन्त्रण गर्ने उद्देश्यले सञ्चालित सप्ताहव्यापी कार्यक्रमलाई सोमबार शान्ति सामुदायिक वनमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो।

कार्यक्रममा वन डढेलोका घटना रोक्ने उद्देश्यले पथरी-शनिश्चरे-१० मा रहेको मनकामना सामुदायिक वनबाट र्‍याली निकालिएको थियो।

विभिन्न प्लेकार्डसहित निस्किएको र्‍यालीले बजार परिक्रमा गरी शान्ति सामुदायिक वनको पर्यटकियस्थल शान्ति भुल्के सिमसारमा पुगेर कोणसभा गरेको थियो।

कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोखरेलले अबको मौसममा डढेलो तथा आगलागीका घटना बढ्ने हुनाले सजग हुनका साथै त्यस्ता घटना रोक्नका लागि सबैले हातेमालो गर्नुपर्ने बताए।

त्यस्तै, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै फेकोफन प्रदेश सचिवालय सदस्य अग्नि पौडेलले वन डढेलो रोकथामका लागि स्थानीय उपभोक्ताको भूमिका महत्त्वपूर्ण रहेको बताए। कार्यक्रममा डढेलो नियन्त्रण गर्ने उपायसहितको डेमोसमेत देखाइएको थियो।

उक्त कार्यक्रममा नगर महासंघ अन्तर्गतका डाँस मोरङ्गी सामुदायिक वन, शान्ति सामुदायिक वन, मनकामना सामुदायिक वनलगायत ११ वटा सामुदायिक वनका साथै श्री कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिलगायत विभिन्न संस्थाको सहभागिता रहेको थियो।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ११ : ४३ बजे

अत्यावश्यकबाहेक अन्य बिदा नबस्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले अत्यावश्यक वाहेक अन्य

देशमा आशा गर्ने वातावरण नभए प्रतिभावानहरु पलायन हुने खतरा : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले देशमा

जब सुनिताको नाम लिएर नगरसभा सदस्यले बालेनसहितलाई उठाइन्

काठमाडौं- काठमाडौं महानगरपालिकाको १७औँ नगरसभामा नगरसभा अहिले राष्ट्रिय सभागृहमा चलिरहेको

कोरियामा प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अभिभावक पक्राउ

सियोल– दक्षिण कोरियामा एक शिक्षक र एक माध्यमिक तह अध्ययन

बालेनसँग नगरसभा सदस्यको आक्रोश- तपाईं बोलेर मात्रै बस्ने कि काम पनि गर्ने ?

काठमाडौं- काठमाडौं महानगरपालिकाको १७औँ नगरसभामा नगरसभा सदस्य सन्तोष ढुंगेलले मेयर