अब कृषि अनुदान पारदर्शी हुन्छ : मन्त्री अधिकारी « Khabarhub

अब कृषि अनुदान पारदर्शी हुन्छ : मन्त्री अधिकारी


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने गरे पनि अब पारदर्शी हुने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले आज आयोजना गरेको कृषिमा लगानीसम्बन्धी सम्मेलनमा उनले मन्त्रालयले  हालसम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुआत गरेकाले अबका दिनमा अनुदान पारदर्शी हुने र सबै विवरण हेर्न सकिने बताए। 

विगतका पाँच वर्षमा एक खर्ब पाँच अर्ब रकम कृषि अनुदानमा खर्च भएको उल्लेख गर्दे मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयबाट जाने अनुदान प्रक्रिया अहिले रोकिएको बताए। 

कृषिमन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको प्रयास जरुरी रहेको र निजी क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पुरा हुने धारणा राखे ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  २ : २५ बजे

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा

युद्ध अन्त्य नै प्रमुख सर्त : इरान

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित