आठ महिनामा एक अर्ब ९८ करोड राजस्व संकलन | Khabarhub Khabarhub

आठ महिनामा एक अर्ब ९८ करोड राजस्व संकलन


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार राजस्व संकलन गरेको छ । उक्त रकम गत आव २०८०-०८१ को सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । 

कार्यालयको तथ्यांकअनुसार गत आव २०८०-०८१ को सोही अवधिमा रु एक अर्ब ८४ करोड १७ लाख १५ हजार राजस्व संकलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए । आन्तरिक राजस्व कार्यालयले चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । 

गत आवभन्दा राजस्व संकलन बढे पनि चालु आवको आठ महिनाको लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन भएको छ । कार्यालयले आठ महिनामा आयकरबाट ८९ करोड २७ लाख ८५ हजार, ब्याजबापत छ करोड ९० लाख ९० हजार, मूल्य अभिवृद्धि करबापत रु ६६ करोड ६५ लाख १५ हजार, अन्तःशुल्कबापत ३३ करोड १८ लाख ४५ हजार राजस्व संकलन गरेको छ ।

अन्तःशुल्क तिर्ने प्रतिष्ठानको नियमित अनुगमन र निगरानीले गर्दा चालु आवको आठ महिनामा गत वर्ष सोही अवधिको तुलनामा ४३ दशमलव ७९ प्रतिशत अन्तःशुल्क वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले बताए। 

कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायत कानुनी कारबाही गर्ने गरिएको उनले बताए।  

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ३ : २१ बजे

बेलायती राजकुमार ह्यारी आकस्मिक युक्रेन भ्रमणमा

लन्डन – बेलायती राजकुमार ह्यारी शुक्रबार घाइते सैनिक सदस्यहरूको समर्थनका

भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी छ

विराटनगर-रानी नाकामा आवतजावतमा कडाइ

काठमाडौं– विराटनगर–रानी नाकामा सर्वसाधारणलाई आवतजावतमा कडाइ गरिएको छ ।   नाकामा

प्रशासनको सक्रियताले कैदीबन्दी भाग्न पाएनन्

वीरगञ्ज– स्थानीय प्रशासन र सुरक्षा निकायको सक्रियताको कारणले वीरगञ्ज कारागारमा रहेका

यातायात र सडक विभाग भवनको आगो निभाइँदै

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात विभागको