प्रधानमन्त्री ओलीको प्रश्न- कुलमानले बिजुली, चिम र ट्रान्समिसन लाइन कहिले बोकेर ल्याए ? « Khabarhub

प्रधानमन्त्री ओलीको प्रश्न- कुलमानले बिजुली, चिम र ट्रान्समिसन लाइन कहिले बोकेर ल्याए ?


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानले बिजुली, चिम र ट्रान्समिसन लाइन कहिले बोकेर ल्याए भन्दै प्रश्न गरेका छन् । आज सुजाता कोइरालाद्वारा ‘म र सानोबुवा’ शिर्षकको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रमिथसले जस्तै कुलमानले कहिले ती सामग्री बोकेर ल्याए भन्दै प्रश्न गरेका हुन् ।

‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा महाकाव्य छ, कविता छ, प्रमिथस भनेको दृष्य साहित्यमा पृथ्वीमा स्वर्गबाट स्वर्गमा त आगो थियो, न्यानो थियो सबै चिज थियो, पृथ्वीमा अन्धकार थियो, चिसो थियो, त्यस्तो बेलामा मान्छे चाहिँ थिए, ती मान्छेहरूका लागि भनेर स्वर्गको देवताका अनेक भाइहरुमध्ये एक भाइ प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए त्यसबापत उनलाई हजार वर्ष ढुंगाहरूको चेपमा कैद गरेर राखिएको थियो’, प्रधानमन्त्री ओलीले भने, ‘त्यस्तै गरेर व्याख्या गर्नुभएछ । उहाँले प्रमिथसले जस्तै उज्यालो ल्याउनुभो, अघिल्लो चार वर्षको कार्यकाल पूरै उहाँले त्यहीँ काम गरेर पूरा गर्नुभएको थियो, त्यसबेला ल्याउनुभएको थियो की उहाँले नियुक्त वित्तिकै आगो बोकेर आउनुभयो उहाँ ? बिजुली बोकेर आउनुभो ? चिम बोकेर आउनुभो की ट्रान्समिसन लाइन बोकेर आउनुभो की ?’

उनले माओवादी अध्यक्ष प्रचण्ड लक्षित स्टाटसमा इङ्गित गर्दै हितेन्द्रदेव शाक्यलाई निकम्मा बनाएर राखेर रिटायर्ड भएको कुलमानलाई नियुक्त गरिएको समेत बताए । 

‘एकजना मित्रको मैले स्टाटस हेर्याथेँ, त्यहाँबाट अवकाश प्राप्त भैसक्या मान्छेलाई त्यहीँबाट हुर्किएर आएर त्यहीँ कुनै बाहिरबाट खोजेर ल्याएको होइन, त्यहीँ कामु निमित्त भएको मान्छेलाई त्यहीँको क्याडरलाई नियुक्त गरेको हो बाहिरबाट कहिँबाट खोजेर ल्याएको होइन, त्यस्तो मान्छे उहाँले निष्कासन गर्नुभो सोझै या सोझै नभनौ अर्को ठाउँमा निकम्मा बनाएर राखिदिनुभो, सरुवा भनेर जहाँ उसको कार्यक्षेत्र हैन, केहीपनि होइन, सरुवा भनेर राखिदिनुभयो र रिटायर्ड मान्छेलाई फेरि ल्याएर राख्नुभो’, उनले भने ।
 
वर्षौं लगाएर केही काम गरिएको कामलाई चमत्कार जादुको तुलनामा व्याख्या गर्ने भन्दै प्रधानमन्त्री ओलीले कसैलाई पनि यस्ता कुराहरूको भ्रममा नपर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ३ : ५५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार