प्रधानमन्त्री भन्छन्- कुलमानको चमत्कारले लोडसेडिङ हटेको होइन « Khabarhub

प्रधानमन्त्री भन्छन्- कुलमानको चमत्कारले लोडसेडिङ हटेको होइन


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्षौं लगाएर आयोजना निर्माण गरेका कारण मुलुकमा लोडसेडिङ अन्त्य भएको बताएका छन् ।  

मंगलबार बालुवाटारमा सुजाता कोइरालाद्वारा लिखित ’म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले कसैका चमत्कारले नभई वर्षौं लगाएर गरिएका कामले बिजुली आएको बताएका हुन् ।

उनले कुलमान घिसिङले बिजुली, चिम वा ट्रान्समिसन बोकेर आउनु भयो कि ? भन्दै प्रश्न गरे । कुलमानका विषयमा माओवादी अध्यक्ष प्रचण्डले भ्रम छरेको भन्दै कुनै एक व्यक्तिले मात्रै अन्धकार हटाएको भन्ने भ्रममा नपर्न आग्रहसमेत गरे । 

उनले स–साना कुराहरूलाई समातेर हल्लाखल्ला गर्ने काम भएको जिकिर गरे । 

प्रधानमन्त्री ओलीले अहिले आफूले सरकारको नायकत्व लिएको भन्दै केही समयपछि कांग्रेस सभापति शेर बहादुर देउवाले सरकारको नायकत्व लिने बताए । 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ५ : ३० बजे

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छ : सञ्चारमन्त्री

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई

तस्बिरमा हेर्नुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

तेहरान– इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन