पत्रकार बृजकुमार यादवसहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा « Khabarhub

पत्रकार बृजकुमार यादवसहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– बोलपत्रको सूचना लुकाई भ्रष्टाचार गरेको आरोपमा जनकपुरधामका पत्रकार बृजकुमार यादवसहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवमाथि बोलपत्रको सूचना लुकाएर भ्रष्टाचारमा सघाएको आरोप लगाएको हो । धनुषाको बटेश्वर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र लेखा अधिकृत सुमन कुमार पुरी विरुद्ध पनि अख्तियारले मुद्दा चलाइएको छ ।

पत्रकार यादवमाथि विज्ञापन नै प्रकाशित नगरी ६ लाख ४४ हजार रुपैंयाको फर्जी बिल तयार पारेको आरोप छ । अख्तियारका अनुसार, धनुषाको बटेश्वर गाँउपालिकाका वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ निर्माणमा बोलपत्र आह्वान गर्नुपर्ने थियो ।

राष्ट्रिय स्तरको दैनिक पत्रिकामा बोलपत्रको सूचना प्रकाशित गर्नुपर्नेमा जनकपुर टुडेका प्रधानसम्पादक यादवले बोलपत्र स्वीकृतिका सूचना लुकाई सूचना प्रकाशित नै गरेनन् । उनले गाउँपालिकाको अभिलेखमा राख्ने गरी एकप्रति मात्रै पत्रिका प्रकाशित गरेको अख्तियारको आरोप छ ।

५ वर्षअघिको घटनामा प्रधान सम्पादक यादवले विज्ञापन प्रकाशित गरेको भनी ६ लाख ४४ हजार रुपैंयाको बिल तयार गरेका थिए । त्यही रकम भुक्तानी गरेको आरोपमा अख्तियारले यादव सहित गाउँपालिकाका २ कर्मचारीमाथि मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : ३५ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन