गोरखा भूकम्पको १० वर्ष : यस्तो देखियो वसन्तपुर क्षेत्र (तस्बिरहरू)  « Khabarhub

गोरखा भूकम्पको १० वर्ष : यस्तो देखियो वसन्तपुर क्षेत्र (तस्बिरहरू) 


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ठूलो भूकम्प गएको १० वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा बारपाकलाई केन्द्रविन्दु बनाएर ७.८ रेक्टरस्केलको भूकम्प गएको थियो । 

उक्त भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो । भूकम्पमा परी करिब ९ हजार व्यक्तिको मृत्यु भएको थियो भने हजारौँ निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै पुरातात्विक सम्पदा क्षतिग्रस्त भएका थिए ।

भूकम्पबाट काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्र पनि नराम्ररी प्रभावित भएको थियो ।

भूकम्पले हनुमानढोका संरक्षित क्षेत्रमा रहेका ७३ सम्पदा, एउटा मूल चोक र चार वटा चोक गरी ९५ वटा सानाठूला सम्पदामा क्षति पुगेको थियो ।

भूकम्पको १० वर्षमा काष्ठमण्डप, गद्दी बैठक, नौतले दरबार, विष्णु मन्दिर, त्रैलोक्य मन्दिरलगायतको पुनर्निर्माण सकिएको छ । वसन्तपुर क्षेत्रको पुनर्निर्माणका लागि धेरै संघसंस्थाले सहयोग गरेका छन् ।

पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, प्रदेश सरकार, विदेशी दातृ निकाय, गुठी र उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भएको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ७ : ४५ बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।