२०७२ सालको भूकम्पपछि लाप्राकमा बनेको नमूना बस्ती (तस्बिरहरू) « Khabarhub

२०७२ सालको भूकम्पपछि लाप्राकमा बनेको नमूना बस्ती (तस्बिरहरू)


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काडमाडौं– २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको १० वर्ष पूरा भएको छ । विनाशकारी भूकम्पले धार्चे गाउँपालिका– ४ लाप्राकको ऐतिहासिक गुरुङबस्ती ध्वस्त बनाएको थियो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शहरी विकास मन्त्रालयबीच २०७३ वैशाख १२ गते त्रिपक्षीय सम्झौता भयो । जसअनुसार गोरखाको लाप्राकका भूकम्पपीडितका लागि निर्माण गरिएको एकीकृत नमूना बस्ती अझै खाली छ । धार्चे गाउँपालिका वडा नम्बर ४ गुप्सीपाखामा करिव ३२६ रोपनी क्षेत्रफलमा लाप्राकीका लागि नमुना बस्ती निर्माण गरिएको हो ।

कूल ६०४ घरधुरी रहेको नमूना बस्तीमा ५७३ घर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको हो भने बाँकी नेपाल सरकारको भूकम्प राहतबाट बनेको हो ।

बस्ती टाढाबाट हेर्दा सुन्दर र आकर्षक देखिए पनि वास्तविकता भने अलि फरक रहेको छ । अव्यवस्थित निर्माण, कच्चा र कमसल निर्माण सामग्रीको प्रयोग र परिवारको सङ्ख्या अनुसार घर निकै सानो रहेकाले लाप्राकीहरुको प्राथमिकतामा पर्दैनन् नमूना बस्तीका घरहरू । ६०४ घर रहेको सो बस्तीमा अहिले ६० परिवार मात्र बस्ने गर्दछन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : २८ बजे

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,