२०७२ सालको भूकम्पपछि लाप्राकमा बनेको नमूना बस्ती (तस्बिरहरू) « Khabarhub

२०७२ सालको भूकम्पपछि लाप्राकमा बनेको नमूना बस्ती (तस्बिरहरू)


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काडमाडौं– २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको १० वर्ष पूरा भएको छ । विनाशकारी भूकम्पले धार्चे गाउँपालिका– ४ लाप्राकको ऐतिहासिक गुरुङबस्ती ध्वस्त बनाएको थियो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शहरी विकास मन्त्रालयबीच २०७३ वैशाख १२ गते त्रिपक्षीय सम्झौता भयो । जसअनुसार गोरखाको लाप्राकका भूकम्पपीडितका लागि निर्माण गरिएको एकीकृत नमूना बस्ती अझै खाली छ । धार्चे गाउँपालिका वडा नम्बर ४ गुप्सीपाखामा करिव ३२६ रोपनी क्षेत्रफलमा लाप्राकीका लागि नमुना बस्ती निर्माण गरिएको हो ।

कूल ६०४ घरधुरी रहेको नमूना बस्तीमा ५७३ घर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको हो भने बाँकी नेपाल सरकारको भूकम्प राहतबाट बनेको हो ।

बस्ती टाढाबाट हेर्दा सुन्दर र आकर्षक देखिए पनि वास्तविकता भने अलि फरक रहेको छ । अव्यवस्थित निर्माण, कच्चा र कमसल निर्माण सामग्रीको प्रयोग र परिवारको सङ्ख्या अनुसार घर निकै सानो रहेकाले लाप्राकीहरुको प्राथमिकतामा पर्दैनन् नमूना बस्तीका घरहरू । ६०४ घर रहेको सो बस्तीमा अहिले ६० परिवार मात्र बस्ने गर्दछन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : २८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै