भाटभटेनी लुटपाटमा पक्राउ परेका थिए कांग्रेस सह-महामन्त्री यादव पुत्र « Khabarhub

भाटभटेनी लुटपाटमा पक्राउ परेका थिए कांग्रेस सह-महामन्त्री यादव पुत्र

गृहमन्त्रीको दबाबमा प्रहरीले तत्कालै छाडिदिएको दाबी


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


31.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको प्रदर्शनपछि भएको लुटपाटमा नेपाली कांग्रेसका एकजना नेताका छोराको पनि संलग्नता रहेको खुलेको छ ।

चैत १५ गते काठमाडौंको कोटेश्वरस्थित मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनी सुपरस्टोर लुटपाट र तोडफोडपछि सीसीटीभी फुटेज र टिकटक भिडियोको आधारमा समातिएकामध्ये एकजना कांग्रेस नेताका छोरा रहेको खुलेको हो ।

नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवका छोरा भाटभटेनीमा लुटपाटमा संलग्न रहेको खुलेको हो ।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त प्रकरणलाई संघीय संसद्को वर्षे अधिवेशनको पहिलो बैठकमा लगेका थिए ।

उक्त बैठकलाई राप्रपाको तर्फबाट सम्बोधन गरेका लिङ्देले कांग्रेसका भाटभटेनी लुटपाटमा संलग्न सह-महामन्त्री पुत्रलाई माथिको दबाबमा छाडिएको प्रमाण पनि आफूकहाँ आइपुगेको बताए ।

लिङ्देनले कांग्रेस सह-महामन्त्री मात्रै भने तर उनले यादवको नाम लिएनन् । लिङ्देनको सचिवालयका अनुसार यादव पुत्रलाई पक्राउ परेर कानुनी कारबाहीबिनै छाडिएको सूचना प्रहरीले नै पुर्‍याइदिएको हो ।

अध्यक्ष लिङ्देनले सदनमा ती सह-महामन्त्रीका छोरालाई गृहमन्त्री रमेश लेखकले तुरुन्तै छाड्न जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवम् एसएसपी विश्वराज अधिकारीलाई दबाब दिएको पनि उल्लेख गरेका छन् ।

‘हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटभटेनीको लुटपाटमा सत्तारुढ पार्टीको, तपाईंकै पार्टीको सह-महामन्त्रीको छोरा पक्राउ परेको छ’, उनले सदनमा भने, ‘किन छोड्नुभो तुरुन्तै ? तपाईंको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको ल्याएको अर्को मान्छेले ‘म रक्सी खान्नँ, मलाई कपडा काम लाग्छ’ भनेर कपडा लिएर गयो ।’

सदनमा लिङ्देनले यसरी इंगित गरेका व्यक्ति कांग्रेस सह-महामन्त्री महेन्द्र यावद र उनका छोरा रहेको खुलेको हो । प्रहरी स्रोतका अनुसार यादवलाई प्रहरीले पक्राउ गरेपछि जिल्ला प्रहरी परिसर भद्रकालीमै पुर्‍याएको थियो । तर, उनी कांग्रेस सह-महामन्त्री यादवका छोरा रहेको खबर गृहमन्त्रालय हुँदै भद्रकाली पुगेको थियो ।

गृहबाटै उनलाई छाड्न दबाब आएपछि प्रहरीले अरूलाई हिरासतमा राख्यो तर उनलाई मुद्दा प्रक्रियामा नलगी छाडिदिएको खुलेको छ ।

‘माथिको आदेशअनुसार छाडिएको भन्ने कुरा प्रहरीबाटै हामीकहाँ आएको छ’, लिङ्देननिकट स्रोतले भन्यो, ‘हामीले हचुवाका भरमा भनेको होइन, यो कुरा साँचो हो, प्रमाण हामीकहाँ आएको छ ।’

यसबारेमा जिल्ला प्रहरी परिसरका प्रमुख अधिकारी र प्रवक्ता अपिलराज बोहोरा दुवैजनाले बोल्न चाहेनन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : १३ बजे

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर