भाटभटेनी लुटपाटमा पक्राउ परेका थिए कांग्रेस सह-महामन्त्री यादव पुत्र | Khabarhub Khabarhub

भाटभटेनी लुटपाटमा पक्राउ परेका थिए कांग्रेस सह-महामन्त्री यादव पुत्र

गृहमन्त्रीको दबाबमा प्रहरीले तत्कालै छाडिदिएको दाबी


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


31.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको प्रदर्शनपछि भएको लुटपाटमा नेपाली कांग्रेसका एकजना नेताका छोराको पनि संलग्नता रहेको खुलेको छ ।

चैत १५ गते काठमाडौंको कोटेश्वरस्थित मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनी सुपरस्टोर लुटपाट र तोडफोडपछि सीसीटीभी फुटेज र टिकटक भिडियोको आधारमा समातिएकामध्ये एकजना कांग्रेस नेताका छोरा रहेको खुलेको हो ।

नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवका छोरा भाटभटेनीमा लुटपाटमा संलग्न रहेको खुलेको हो ।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त प्रकरणलाई संघीय संसद्को वर्षे अधिवेशनको पहिलो बैठकमा लगेका थिए ।

उक्त बैठकलाई राप्रपाको तर्फबाट सम्बोधन गरेका लिङ्देले कांग्रेसका भाटभटेनी लुटपाटमा संलग्न सह-महामन्त्री पुत्रलाई माथिको दबाबमा छाडिएको प्रमाण पनि आफूकहाँ आइपुगेको बताए ।

लिङ्देनले कांग्रेस सह-महामन्त्री मात्रै भने तर उनले यादवको नाम लिएनन् । लिङ्देनको सचिवालयका अनुसार यादव पुत्रलाई पक्राउ परेर कानुनी कारबाहीबिनै छाडिएको सूचना प्रहरीले नै पुर्‍याइदिएको हो ।

अध्यक्ष लिङ्देनले सदनमा ती सह-महामन्त्रीका छोरालाई गृहमन्त्री रमेश लेखकले तुरुन्तै छाड्न जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवम् एसएसपी विश्वराज अधिकारीलाई दबाब दिएको पनि उल्लेख गरेका छन् ।

‘हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटभटेनीको लुटपाटमा सत्तारुढ पार्टीको, तपाईंकै पार्टीको सह-महामन्त्रीको छोरा पक्राउ परेको छ’, उनले सदनमा भने, ‘किन छोड्नुभो तुरुन्तै ? तपाईंको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको ल्याएको अर्को मान्छेले ‘म रक्सी खान्नँ, मलाई कपडा काम लाग्छ’ भनेर कपडा लिएर गयो ।’

सदनमा लिङ्देनले यसरी इंगित गरेका व्यक्ति कांग्रेस सह-महामन्त्री महेन्द्र यावद र उनका छोरा रहेको खुलेको हो । प्रहरी स्रोतका अनुसार यादवलाई प्रहरीले पक्राउ गरेपछि जिल्ला प्रहरी परिसर भद्रकालीमै पुर्‍याएको थियो । तर, उनी कांग्रेस सह-महामन्त्री यादवका छोरा रहेको खबर गृहमन्त्रालय हुँदै भद्रकाली पुगेको थियो ।

गृहबाटै उनलाई छाड्न दबाब आएपछि प्रहरीले अरूलाई हिरासतमा राख्यो तर उनलाई मुद्दा प्रक्रियामा नलगी छाडिदिएको खुलेको छ ।

‘माथिको आदेशअनुसार छाडिएको भन्ने कुरा प्रहरीबाटै हामीकहाँ आएको छ’, लिङ्देननिकट स्रोतले भन्यो, ‘हामीले हचुवाका भरमा भनेको होइन, यो कुरा साँचो हो, प्रमाण हामीकहाँ आएको छ ।’

यसबारेमा जिल्ला प्रहरी परिसरका प्रमुख अधिकारी र प्रवक्ता अपिलराज बोहोरा दुवैजनाले बोल्न चाहेनन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : १३ बजे

भक्तपुरका सार्वजनिक निकायमा ताडफोड र आगजनी

भक्तपुर – भक्तपुरमा आज भएको प्रदर्शनमा भक्तपुरको बालकोटस्थित नेकपा ९एमाले०

हिमाचल प्रदेशमा पहिरो जाँदा ५ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं – भारतको उत्तर राज्य हिमाचल प्रदेशमा ठूलो पहिरो जाँदा

जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी फरार

धनुषा – महोत्तरीको जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा आक्रमण, पार्किङका गाडीमा आगजनी

काठमाडौँ – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रदर्शनकारीले आक्रमण गरेका

सार्वजनिक संरचनामा आन्दोलनकारीको आगलागी : सिंहदरबार जल्दै, अन्यत्र पनि नियन्त्रणमा आएन

काठमाडौँ – सार्वजनिक संरचनामा प्रदर्शनकारीले लगाएको आगो निभाउन सरकारी संयन्त्र