पाइपलाइनमा ८८ कम्पनीका ५५ अर्बको आईपीओ
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ८८ कम्पनीका ५५ अर्ब रुपैयाँभन्दा बढी मूल्यको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) पाइपलाइनमा राखेको छ ।
यी सबै आईपीओ भर्न चाहने एक आवेदकले कम्तिमा एक लाख सात हजार रुपैयाँ रकम धितोपत्र बिक्री प्रबन्धकको खातामा पठाउनेछन् ।
साधारण शेयर (आईपीओ) मार्फत् पुँजी सङ्कलन गर्ने योजनामा ८८ वटा कम्पनीहरूले धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । बोर्डले २०८२ वैशाख ४ गते सार्वजनिक गरेको सूची अनुसार ८८ कम्पनीले हाल आईपीओ जारी अनुमति कुरिरहेका छन् ।
यता थप शेयर निष्काशन (एफपीओ) अनुमति कुरेर बसेका कम्पनीको समेत हिसाब गर्दा सर्वसाधारणले शेयर भर्ने कम्पनीको सङ्ख्या अझ बढी छ । धितोपत्र बोर्डले २०८१ चैत १ गते सार्वजनिक गरेको सूची अनुसार चारवटा कम्पनी एफपीओ निष्काशन अनुमति पर्खाइमा छन् ।
नेपालको आवश्यकता र सम्भावना हेर्दा आगामी दशकमा १ सय खर्ब बढी लगानी आवश्यक : अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वाधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयकको सैद्धान्तिक अवधारणा पेश गर्दै अर्थमन्त्री पौडेलले वर्तमान वित्तीय स्रोत स्रोतको अभाव पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका परियोजनामा स्रोत जुटाउन आवश्यक रहेको र यसलाई कानुनी आधार दिन विधेयक ल्याएको जानकारी दिएका हुन् ।
अर्थमन्त्रीले भने- पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हो
सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ आगामी बजेटको तयारी : अर्थमन्त्री
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
साताको शेयर समीक्षा : ४१ अर्बको कारोबार, ६४ अंकले घट्यो नेप्से
नयाँ वर्षको दोस्रो साता अर्थात् वैशाख ७ गतेदेखि ११ गतेसम्म ५ दिन शेयर बजार पूर्णरुपमा चलायमान भयो । पूरा दिन शेयर बजार सक्रिय हुँदा समेत बजारले ओरालो यात्रामै खुम्चनुप¥यो ।

सातामा ५ दिन शेयर कारोबार हुँदा ४ दिन बजार घट्यो भने एक दिन बजार बढ्यो । यो साता समग्रमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६४ अंकले घट्यो ।
एनएमबि बैंकको सीईओमा घिमिरे नियुक्त
अमेरिकाले एमसीसी बन्द गरे नेपालसँग पाँच विकल्प

प्रमुख दाता अमेरिका मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सहायता रोक्ने तयारीमा लागेको खबर बाहिरिएसँगै नेपालले कार्यान्वयन चरणमा रहेका परियोजना अघि बढाउन पाँच विकल्पमा गृहकार्य अघि बढाउने भएको छ ।
अमेरिकी रणनीतिक स्वार्थको सहायता एमसीसी अन्तर्गत नेपालले दक्षिण एसियामै सबैभन्दा धेरै सहायता लिएर विद्युत प्रसारण र सडक मर्मत आयोजना अघि बढाउने प्रयास गरिरहेको छ ।
मुख्य दाता अमेरिकाकै कारण एमसीसी सहायता कार्यान्वयनमा पछिल्लो बाधा परेको हो । अमेरिकाको ४७ औँ कार्यकालका लागि राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले गत जनवरी २० मा कार्यकारी आदेशमार्फत डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) स्थापना गरेका थिए ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका वरिष्ठ सल्लाहकार तथा संसारकै धनी व्यापारी एलन मस्क हर्ताकर्ता रहेको डजले सङ्घीय खर्च कटौती गर्न भन्दै एमसीसी पूर्णतयाः बन्द गर्न लागेको खबर बाहिरिएको छ ।
खाद्य व्यवस्था जनकपुरद्वारा गहुँ खरिद सुरु
गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा इन्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसोसियसन (सिडेन)को आयोजनामा ललितपुरमा आयोजना गरेको भविष्य निर्माणः नवप्रवर्तन लचिलोपना र दिगो विकाससम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा उनले मुलुकको विकासमा इञ्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । मन्त्री खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्ने बताए।
उनले मुलुकको आर्थिक विकासका लागि बाधक भएका कानुन संशोधन गर्दै अगाडि बढ्न सरकार लागेको बताए। ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको भन्दै उक्त लक्ष्य पूरा गर्दा धेरै इञ्जिनियरले रोजगार पाउने उल्लेख गरे।
बूढीगण्डकी आयोजनालाई मात्र अगाडि बढाउन सकेमात्रै १७ हजारभन्दा बढीले रोजगारी पाउने उनको भनाइ थियो । उनले मुलुकको विकासका लागि इञ्जिनियरको सहयोग र सल्लाह अझ बढी आवश्यक रहेको बताए।
रुग्ण आयोजनामा बजेट कटौती गर्न अर्थ मन्त्रालयलाई योजना आयोगको सुझाव
विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमाथि छानविन गर्न माग

नेपाली कांग्रेस कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा क्रममा भएको भ्रष्टाचार र अनियमितता छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।
विमानस्थल निर्माणका क्रममा १० अर्ब भन्दा बढी भ्रष्टाचार र अनियमितता भएको सार्वजनिक भैरहेका बेला कास्की कांग्रेसले उच्चस्तरीय निष्पक्ष छानविन आयोग गठन गरी स्वदेशी वा विदेशी जो कोही भएपनि कारवाही गर्न माग गरेको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए।
काठमाडौं महानगरद्वारा ७ अर्ब २१ करोड राजस्व संकलन
सुनले रेकर्ड बनाउँदा पनि घटेन किनबेच (तस्बिरहरू)

नेपाली बजारमा सोमबार आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च प्रतितोला एक लाख ९१ हजार रुपैयाँ पुगेको छ ।
सुनको मूल्य दिनप्रतिदिन बढ्दै जाँदा पनि सुन पसलहरूमा मानिसको भीड भने घटेको छैन । विवाहको लगन आउँदै गर्दा सुन पसलमा चहलपहल बढेको व्यवसायीहरू बताउँछन् ।
कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही
‘अमेरिका-चीन व्यापार वार्ता जारी रहेको दाबी आधारहीन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाएको भारी भन्सार महसुल घटाउने सम्झौताको सम्भावनालाई प्रमुखताका साथ उठाएपछि बेइजिङले बिहीबार वासिङ्टनसँग चलिरहेको व्यापार वार्ताको कुनै पनि दाबी ‘आधारहीन’ भएको बताएको छ।
विश्वका दुई प्रमुख अर्थतन्त्रहरू चिनियाँ सामानहरूमा ट्रम्पको नयाँ भन्सार शुल्कबाट सुरु भएको बढ्दो प्रतिस्पर्धात्मक व्यापार युद्धमा बन्द छन् । भन्सार शुल्क धेरै उत्पादनमा एक सय ४५ प्रतिशत पुगेको छ । बेइजिङले संयुक्त राज्य अमेरिकाबाट आयातमा एक सय २५ प्रतिशत नयाँ भन्सार शुल्क लगाएको छ ।
‘एमसीसी’ बन्द गर्ने ‘डज’को घोषणा, नेपालले पाउने ५० करोड डलर के होला ?
चीनको विद्युत् उत्पादन क्षमता १४.६ प्रतिशतले बढ्यो

चीनको कुल विद्युत् उत्पादन क्षमता चालु वर्षको सन् २०२५ मार्चको अन्त्यसम्ममा अन्त्यसम्म तीन अर्ब ४३ करोड किलोवाट पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.६ प्रतिशतले बढी हो।
राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार सौर्य ऊर्जाबाट उत्पादन हुने क्षमता ९५ करोड किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४३.४ प्रतिशतले वृद्धि भएको हो।
प्रतिक्रिया