अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित « Khabarhub

अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने दुई वडाका पाँच दम्पतीलाई सम्मान गरेको छ । वडा नं १ लिकुवापोखरीका सुदेश राई र रीता खड्का, शम्भुजित कटवाल र अम्बिका राई, विजय सार्की र मुना श्रेष्ठ तथा विनोद राई र ममता तामाङ तथा वडा नं २ वाप्लुखाका आस्मिन राई र सुष्मा विश्वकर्मा दम्पतीलाई गाउँपालिकाले बिहीबार सम्मान गरेको हो ।

फरक–फरक समुदायका भए पनि विवाह गरेर राम्ररी घरजम बसाएका जोडीलाई प्रोत्साहनका लागि सम्मान गरिएको गाउँपालिकाका उपप्रमुख रुपेश राईले जानकारी दिए । गाउँपालिकाको दलित लक्षित कार्यक्रमअन्तर्गत गाउँपालिकाबाट विनियोजित रकमबाट नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, खोटेहाङ गाउँपालिका कार्यसमितिको अगुवाइमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान कार्यक्रम गरिएको जनाइएको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले आयोजना गरेको वडास्तरीय जनचेतनामूलक कार्यक्रमको अवसरमा गाउँपालिका उपप्रमुख राईले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रमाणपत्रसहित सम्मान प्रदान गरे। जातीय विभेदको पर्खाललाई भत्काउँदै विवाह गरेका अन्तरजातीय दम्पतीलाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटेहाङ गाउँपालिका कार्यसमितिका सचिव युवराज विश्वकर्माले बताए ।

प्रत्येक दम्पतीलाई नगद रु दुई हजारका दरले यातायात खर्च प्रदान गरिएको जनाएको छ । सम्मान कार्यक्रममा प्रशिक्षक मिलन चाहारले जातीय विभेदसम्बन्धी विद्यमान कानुन, दलितले भोगिरहेको विभेद र छुवाछूतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

अन्तरजातीय विवाह गर्ने गाउँपालिकाको नौवटै वडाका दम्पतीलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाएको छ । सम्मानका लागि सबै वडामा विवरण सङ्कलन भइरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ९ : ३० बजे

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने

मान्म– रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली

सरकारका नीतिगत सुधारप्रति उद्योग परिसङ्घको स्वागत, निजी क्षेत्रसँग सहकार्यमा जोड

काठमाडौं- नवगठित सरकारले पुराना तथा असान्दर्भिक कानुन खारेज गर्न प्रक्रिया

तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्‍याइएसंगै

ओली-लेखक पक्राउ गर्दा सरकारले संयमता गुमायो, प्रहरीको व्यवहार परिपक्व भएन : प्रा.डा. संग्रौला

काठमाडौं- पूर्वन्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था