झन्डै ४८ लाखको अवैध सामानसहित ट्रक बरामद « Khabarhub

झन्डै ४८ लाखको अवैध सामानसहित ट्रक बरामद


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीस्थित प्रहरी गस्ती टोलीले झन्डै ४८ लाख रुपैयाँको विभिन्न किसिमका अवैध सामान सहित एउटा ट्रक बरामद गरेको छ।

आज आइतबार बिहान पौने ८ बजे बागमती नगरपालिका १२ स्थित इलाका प्रहरी कार्यालय कर्मैयाबाट सई सुभाष यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा  बुटवलबाट मोरङ तर्फ जाँदै गरेको प्र.३-०१-००५ ख ९४६० नम्बरको सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले  चेकजाँच गर्दा उक्त ट्रक (डिबा) गाडीमा  ४७ लाख, ९७ हजार, ५०१ रुपैयाँ बराबरको जिरा पाउडर, कस्मेटिक, टायर, हेलमेट, मोटरपार्टसहरु, ब्याट्री, मेडिसिन, मेसिन,हार्डवेयर, किचेन सिंक लगायतका खुद्रा सामानहरूको प्रज्ञापन पत्र नभएको, कतिपय सामानहरूको भ्याट बिल नभएको बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सरोज राईले न्युज कारखानालाई बताए ।

कतिपय सामानको विलबिजक नभएको र भएको बिल पनि शङ्कास्पद देखिएकोले सामानहरू ट्रक सहित नियन्त्रणमा लिएर बिहान सावा ९ बजेको समयमा सामानसहित ट्रक आवश्यक कारबाहीको लागि  राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ। –न्युजकारखानाबाट साभार

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  २ : ०४ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि