झन्डै ४८ लाखको अवैध सामानसहित ट्रक बरामद « Khabarhub

झन्डै ४८ लाखको अवैध सामानसहित ट्रक बरामद


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीस्थित प्रहरी गस्ती टोलीले झन्डै ४८ लाख रुपैयाँको विभिन्न किसिमका अवैध सामान सहित एउटा ट्रक बरामद गरेको छ।

आज आइतबार बिहान पौने ८ बजे बागमती नगरपालिका १२ स्थित इलाका प्रहरी कार्यालय कर्मैयाबाट सई सुभाष यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा  बुटवलबाट मोरङ तर्फ जाँदै गरेको प्र.३-०१-००५ ख ९४६० नम्बरको सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले  चेकजाँच गर्दा उक्त ट्रक (डिबा) गाडीमा  ४७ लाख, ९७ हजार, ५०१ रुपैयाँ बराबरको जिरा पाउडर, कस्मेटिक, टायर, हेलमेट, मोटरपार्टसहरु, ब्याट्री, मेडिसिन, मेसिन,हार्डवेयर, किचेन सिंक लगायतका खुद्रा सामानहरूको प्रज्ञापन पत्र नभएको, कतिपय सामानहरूको भ्याट बिल नभएको बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सरोज राईले न्युज कारखानालाई बताए ।

कतिपय सामानको विलबिजक नभएको र भएको बिल पनि शङ्कास्पद देखिएकोले सामानहरू ट्रक सहित नियन्त्रणमा लिएर बिहान सावा ९ बजेको समयमा सामानसहित ट्रक आवश्यक कारबाहीको लागि  राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ। –न्युजकारखानाबाट साभार

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  २ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै