जबरजस्ती करणी गरेको आरोपमा ७० वर्षीय वृद्धसहित पाँच जनामा पक्राउ « Khabarhub

जबरजस्ती करणी गरेको आरोपमा ७० वर्षीय वृद्धसहित पाँच जनामा पक्राउ


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुरबाट १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चार जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा कटारी नगरपालिका-४ गबुवा बस्ने २५ वर्षीय सुजन भन्ने राज कुमार तामाङ, १९ वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नबिन श्रेष्ठ र २० वर्षीय जीवन तामाङ रहेका छन् । 

उनीहरूले ती बालिकालाई सोही ठाउँस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय
कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

त्यसतै कैलालीबाट २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा जोशीपुर गाउँपालिका-५ सिमराना बस्ने ७० वर्षीय लोक बहादुर बिष्टलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

बिष्टले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट प्रतिखेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ३ : ४१ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको