वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ  « Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरू लैजाने भन्दै लामो समयसम्म झुक्याएको आरोपमा दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बारा घर भई बुढानीलकण्ठ बस्ने ४१ वर्षीय विष्णुराज उप्रेती र पाँचथर घर भई ललितपुर बस्ने ५८ वर्षीय शन्त कुमार चेम्जोङ रहेका छन् । 

विभिन्न देश पठाउँछु भन्दै उप्रेतीले पाँच लाख ७३ हजार रुपैयाँ र चेम्जोङले १२ लाख रुपैयाँ लिए विदेश नपठाई सम्पर्क विहीन भएको भनेर पीडितहरूले दिएको जाहेरी अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ६ : ०३ बजे

भारतीको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा

ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ

काठमाडौं– नेपालको ऊर्जा क्षेत्रको नियामक निकायका रूपमा स्थापित विद्युत् नियमन

बलिङ, ब्याटिङ र फिल्डिङ कोल्याप्स हुँदा पेचिलो बन्दै नेपालको शीर्ष चार यात्रा

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ ।

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं– अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका