सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन विधेयकको मस्यौदामा परामर्श माग « Khabarhub

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन विधेयकको मस्यौदामा परामर्श माग


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा राय परामर्श माग गरेको छ । 

मन्त्रालयले एक सूचना जारी गर्दे विधेयकको मस्यौदामा कुनै राय सुझाव भए १५ दिनभित्र पठाउन भनेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार ऐन २०७५ ले २८ हप्तासम्मको गर्भलाई पतन गराउन सक्ने व्यवस्था गरिसकेको छ । 

सरकारले यसलाई खुकुलो बनाउँदै जुनसुकै समयमा गर्न सक्ने व्यवस्था थप गर्दैछ । जसमा स्वास्थ्यकर्मी तथा अधिकारकर्मीहरूको फरक फरक मत रहेको छ । 

स्वास्थ्यकर्मीहरू २० हप्तासम्मको शिशुलाई पनि बचाउन सकेका उदाहरण दिँदै आपतकालीन अवस्थामा आमाको ज्यान बचाउन जुनसुकै बेला पनि गर्भपतन गर्न सकिने तर यसलाई सामान्य अवस्थामा लागू गर्न नसकिने बताउँछन् भने अधिकारकर्मीहरू अनिच्छुक गर्भपतन गर्न पाउनुपर्ने महिलाको अधिकार कुण्ठित गर्न नहुने तर्क गर्दै आएका छन् ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  २ : ०३ बजे

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ