भोजपुरका छ स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा « Khabarhub

भोजपुरका छ स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

टक्सार– जिल्लाका छ वटा स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा भएका छन् । जिल्लाका नौ पालिकामध्ये भोजपुर नगरपालिकासहित पाँच गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएका हुन् । 

षडानन्द नगरपालिकाका साथै रामप्रसाद राई र आमचोक गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा हुने चरणमा रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख राजु श्रेष्ठले जानकारी दिए । तीन वटा स्थानीय तहलाई समयमा पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्न ढिलाइ हुदाँ जिल्लालाई घोषणा गर्न नसकिएको उनले बताए।

भोजपुर नगरपालिकाका साथै हतुवागढी, टेम्केमैयुङ, साल्पासिलिछो, अरुण र पौवदुङमा गाउँपालिकाभित्र रहेका सबै लक्षित उमेर समूहका बालबालिकाले नियमित खोप तालिकाअनुसार पूरा खोप सेवा लिएपछि यी स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

जिल्ला खोप समन्वय समिति भोजपुरको आज बसेको बैठकले यही असार २३ गते जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्ने निर्णय गरेको छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङको अध्यक्षतामा बसेको बैठकले बाँकी रहेका तीन पालिका घोषणा भएपछि जिल्लालाई घोषणा गरिने बताए।

बैठकले खोप सेवामा संलग्न रहेका स्वास्थ्यकर्मीहरूलाई पुरस्कृत गर्ने र कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै जान थालेकाले जिल्लामा करिब ३० हजार नागरिकलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यहाँका पालिकाले माग गरेका आधारमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए । समन्वय समितिका प्रमुख थुलुङले ‘खोज र खोप’ भन्ने अभियानलाई सार्थक बनाउन अभियान सञ्चालन गरिने बताउँदै कोही पनि कुनै खोपबाट छुट्न नहुने भन्दै तालिकानुसार नियमित खोप लगाउन सबैलाई आग्रह गरे । 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ४ : २४ बजे

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा