विशेषमा वरिष्ठ अधिवक्ता पन्तले भने- माधव नेपाललाई थुनामा पठाएर मुद्दा अघि बढाऊँ « Khabarhub

विशेषमा वरिष्ठ अधिवक्ता पन्तले भने- माधव नेपाललाई थुनामा पठाएर मुद्दा अघि बढाऊँ


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काभ्रेपलाञ्चोकको साँगास्थित पतञ्जलि योग पीठको जग्गा बिक्री प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बुधबार विशेष अदालतमा उपस्थित भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा नेपालले बयान दिएपछि अहिले थुनछेक बहस चलिरहेको छ ।

बहसका क्रममा वकिलहरूले आ-आफ्ना राय राख्ने क्रम जारी छ । नेपालको तर्फबाट करिब १२० जना वकिलहरूले बहसका लागि नाम टिपाएका थिए ।

यता अख्तियारको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले पूर्वप्रधानमन्त्री नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग इजलासमा गरेका छन् ।

विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र बिदुर कोइरालाको संयुक्त इजलासमा अध्यक्ष नेपालको बयान सकिएपछि थुनछेक बहस भएको हो । नेपालको बयान सकिएपछि बचाउ र थुनामा पठाउनुपर्ने दुवै कोणबाट बहस जारी छ ।

थुनछेक बहसका क्रममा सुरूमा वरिष्ठ अधिवक्ता पन्तले अख्तियारको तर्फबाट आफ्नो भनाइ राखेका थिए । पन्तले हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न दिएको स्वीकृतिलाई नीतिगत निर्णय मान्न नसकिने जिकिरसहित नेपाललाई थुनामा पठाउनुपर्ने माग गरे ।

उनले पतञ्जलि योग पीठ जग्गा प्रकरण नीतिगत निर्णय नभएर व्यक्तिगत र स्वार्थप्रेरित भनेका छन् । ‘त्यो काम प्रधानमन्त्रीको ठाडो आदेशबाट भएको हो’, उनले बहसका क्रममा भने, ‘राज्यलाई ठूलो हानी गराउने गरि संगीन अपराध गरेकाले उहाँ (माधव नेपाल) लाई थुनामा राखेर मुद्दा अगाडि बढाउनु उचित हुन्छ ।’

नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोपाकृष्ण घिमिरे, गोविन्द बन्दी र खम्मबहादुर खातीलगायतले बहस गर्दै छन् ।

अख्तियार पतञ्जलिको जग्गा बिक्री प्रकरणमा गत जेठ २२ गते पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अख्तियारले नेता नेपालबाट १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको थियो । त्यसपछि उनी प्रतिनिधिसभाको सदस्यबाट निलम्बित अवस्थामा छन् ।

०६६ सालमा नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलिका नाममा हदबन्दीभन्दा बढी जग्गा साटफेर गर्न दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको थियो ।

हदबन्दीभन्दा बढी जग्गा खरिद-बिक्री गर्न दिई सरकारी-सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले उनीहरूविरूद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : १३ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको