उपल्लो डोल्पाको मोरिम्ला नाका २० दिनका लागि खुला गरिने « Khabarhub

उपल्लो डोल्पाको मोरिम्ला नाका २० दिनका लागि खुला गरिने


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- उपल्लो डोल्पामा व्यापार गर्न यही साउन २५ गते नेपाल र चीनबीचको मोरिम्ला नाका खुला गरिने भएको छ ।

चीनको सिगात्से काउन्टीअन्तर्गत डोङ्बा प्रान्तका अधिकारीहरूसँग छलफल भई यही साउन २५ देखि भदौ १३ गतेसम्म सीमा क्षेत्र खोल्ने निर्णय भएको शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले जानकारी दिए ।

उपल्लो डोल्पाको तीन पालिकाका लागि मोरिम्ला नाका प्रत्येक वर्ष एक पटक खोलिँदै आएको छ । यस वर्ष सीमा पार गरेर व्यापार गर्न दुई हजार २०० जनाले सीमा प्रवेश ‘पास’ लिएको सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले जानकारी दिए ।

पालिकाको मागअनुसार यस अवधिमा सशस्त्र प्रहरी र नेपाल प्रहरी सीमानाकासम्म परिचालन गरिने भएको छ । अघिल्लो वर्ष १५ दिनका लागि खुला गरिएको थियो ।

विगतदेखि खुल्दै आएको मोरिम्ला नाकाबाट उपल्लो डोल्पावासीले दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, विभिन्न मेसिनरी सामग्री खरिद गर्ने गर्छन् । उपल्लो डोल्पा भौगोलिक रूपमा विकट भएकाले नेपाली सामान खरिद गर्दा ढुवानी खर्च महँगो पर्ने भएकाले एक वर्ष पुग्ने गरी सस्तो मूल्यमा चिनियाँ सामग्री खरिद गर्दै आएका छन् ।

-रासस

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ११ : १२ बजे

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती