खडेरीले खेतसँगै किसानको मन पनि फाट्यो (तस्बिरहरू) « Khabarhub

खडेरीले खेतसँगै किसानको मन पनि फाट्यो (तस्बिरहरू)


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर मनसुनी प्रणाली सक्रिय भएको लगभग दुई महिना जस्तो भयो । तर मधेश प्रदेशका आठ जिल्लामा अहिलेसम्म वर्षा हुन सकेको छैन ।

समयमै वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुख्खा झेल्नु परेको छ । धान रोपाइँका लागि वर्षाको पानीको भर पर्नुपर्ने किसानहरूले पानीको अभावका कारण साउन पहिलो हप्तासम्म रोपाइँ गर्न पाएका छैनन् ।

सुख्खा र खडेरीका कारण असार २६ गते मधेश प्रदेश सरकारले यहाँका आठ जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । साउन ७ गते बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले पनि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मधेश प्रदेशका विभिन्न जिल्लामा पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेका छैन । रोपाइँ गरिसकेका खेत पनि धाँजा फाट्ने, बीउ सुक्ने जस्ता समस्या किसानले झेलिरहनु परेको छ ।

हरेक वर्ष मलखादको अभाव झेल्नु परेका मधेशका किसानले यो वर्ष भने सुख्खा र खडेरी सामना गर्नु परेको छ ।

धनुषाको लक्ष्मीनीयाँ गाउँपालिका सोहनीसिनुरजोडाका किसान बहादुर कवाडीका अनुसार पहिलेको वर्ष यो बेलासम्म रोपाइँ सकिन्थ्यो।

‘तर यो पाली वर्षा भएन, नहरमा पानी पनि आउँदैन । त्यसकारण धानको बीउ पनि सुकी सक्यो’, उनले भने, ‘पम्प मोटर हुनेहरूले रोपाइँ गरे पनि धेरै गर्मीले खेतमा पानी हाल्दा छिट्टै सुक्ने गरेको छ ।’

स्थानीय सरकार र प्रदेश सरकारले यहाँका किसानका लागि खासै ध्यान नदिएको उनको गुनासो छ ।

त्यही गाउँका अर्का किसान विन्देश्वर रविदासले आफ्नो खेतमा सुकेको पम्प देखाउँदै भने, ‘यो पम्प पनि सुक्यो, पानी परेको छैन । त्यसैले खेती समयमै गर्न पाइएन ।

उक्त क्षेत्रमा सिँचाइका लागि कमला सिँचाइ आयोजना रहे पनि त्यो प्रभावकारी देखिएको छैन ।

सिँचाइ आयोजनाबाट धनुषा र सिरहाका २५ हजार हेक्टर कृषियोग्य जमिनमा सतह सिँचाइ (नहरमार्फत) सुविधासहित त्यहाँका ४० हजार घरपरिवार लाभान्वित हुने भनिएको थियो।

अहिले यो आयोजनाका अधिकांश पम्प सञ्चालनमा छैनन् । महोत्तरीको लोहारपट्टी नगरपालिका किसान श्रावण कुमार चौरासिया सुख्खा खेतमा रोपाइँ गर्दै भेटिए ।

उनले मल पनि नपाएको र पम्पसेट पनि वितरण नगरिएको गुनासो गरे । नगरपनिकाले पम्पसेट वितरण गर्दा आफूले नपाएको पैसा र पहुँच हुनेले मात्र पाइरहेको उनले सुनाए ।

तस्बिर/ प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ११ : २४ बजे

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

स्पिन बोल्दाक- अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख रुपैयाँ

सञ्चारमन्त्रीको स्पष्टीकरण : सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै नीति लिएको छैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रेस

घरजग्गा र सेयरबजारमा गरिने लगानीले अर्थतन्त्रलाई गति दिन सक्दैन : थापा

काठमाडौं– नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले आगामी