जुम्ला जाँदै गरेको फोर्स गाडी दैलेखमा दुर्घटना, १२ जना घाइते | Khabarhub Khabarhub

जुम्ला जाँदै गरेको फोर्स गाडी दैलेखमा दुर्घटना, १२ जना घाइते


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेतबाट जुम्ला जाँदै गरेका फोर्स गाडी दैलेखमा दुर्घटना भएको छ । कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको फोर्स गाडी दैलेखको दुल्लु नगरपालिका–१ तल्लो डुंगेश्वर डुंगेल मन्दिर नजिक दुर्घटना भएको हो ।

गाडीमा सवार १९ मध्ये १२ जना घाइते भएका छन् । यी घाइते मध्ये गम्भीर घाइते ५ जनालाई थप उपचारको लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेश बरालले बताए । 

उकालोमा यात्रु चढाउन लाग्दा गाडी व्याक गएर सडकबाट करिव १५ मिटर तल खोल्सामा खसेको स्थानीयले बताएका छन् । दुर्घटना लगत्तै चालक फरार भएको र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १२ : २४ बजे

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले

हुङ्गुङ खण्डमा पहिरो जाँदा कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण

पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

पर्सा – पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु