बस्ती जोगाउन गेग्रान पन्छाउँदै पालिका | Khabarhub Khabarhub

बस्ती जोगाउन गेग्रान पन्छाउँदै पालिका


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– यहाँको थासाङ गाउँपालिका-२ स्थित (कोवाङ-लार्जुङ)बीच भागमा बग्ने लाङ्क्यु खोलामा जल सतह उच्च हुँदा लार्जुङ बस्तीका करिब १८ घर बाढीको उच्च जोखिममा पर्ने गरेका छन् । 

धौलागिरि आइसफलको फेँदबाट बग्ने लाङ्क्यु खोलामा पानीको बाहव बढी हुँदा लार्जुङ बस्ती उच्च जोखिममा पर्ने गरेका हुन् । यस वर्षको मनसुन सरु भएदेखि हालसम्म चार पटक उक्त बस्ती बाढीपहिरोको उच्च जोखिममा परेको हो । बर्खायाममा लाङ्क्यु ठाँडो खोलाको बाहवले लार्जुङ बस्तीलाई बर्सेनि तर्साइ रहन्छ ।

गत १६ असार र साउन ७ गते लाङ्क्यु खोलाको बहाव उच्च भएपछि वर्षा हुँदा स्थानीय बाढी आउने सक्ने त्रासमा बस्ने गरेका छन् । ठाँडो खोलाको बाढीले बस्ती बगाइदिने चिन्ताले लार्जुङबासीको मनमा त्रासदी छाएको छ । 

जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, जनप्रतिनिधि, थासाङ गाउँपालिकालगायतले बस्ती बचाउने उद्देश्यले मध्यरातिसम्म खोलालाई नियन्त्रणमा लिन डोजर चलाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास परियारले जानकारी दिए । 

‘अझै पनि लार्जुङ बस्तीको जोखिम कायम रहेकाले बुधबारदेखि खोलालाई नियन्त्रणमा लिन पालिकाले थप अग्रसरता देखाएको छ’, उनले भने। कोवाङ-लार्जुङ बीचको लाङ्क्यु खोलामा बाढीसँगै ढुङ्गा, गिट्टी, बालुवा र ग्रेगान भरिँदै जान थालेपछि नदी उकास वृद्धि हुँदा बस्ती जोखिममा परेको परियारले बताए। 

‘लाङ्क्यु खोलाको करिब तीन सय मिटरभन्दा बढी दूरीमा नदीजन्य गेग्रान भरिँदा बस्ती उच्च जोखिममा परेको हो । मनसुन कायमै रहेकाले कुनै पनि बेला विपद्जन्य घटना हुनसक्ने भएकाले बस्ती जोगाउन पहल थालेका छौँ’, उनले भने, ‘खोलालाई साविकको अवस्थामा बग्न दिन नदी उकास घटाउनुपर्ने भएपछि पालिकाको पहलमा खोलामा थुप्रिएका ढुङ्गा, गिट्टी, बालुवा र ग्रेगान पन्छाउन सुरु गरेका हौँ ।’

पालिकाले डोजर भाडामा लिएर बाढीका कारण हुनसक्ने जोखिमबाट बस्ती जोगाउन करिब तीन सय मिटर दूरीमा नदीजन्य उकास घटाएर खोलाको गहिराइ बढाउने काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत परियारले जानकारी दिए । उनले कोवाङ-लार्जुङ जोड्ने पुलबाट कालीगण्डकी नदीको दोभानसम्म दुई सय मिटर र उक्त पुलबाट माथिल्लो भागको करिब एक सय मिटर दूरीमा भरिएको ग्रेगान पन्छाउन गाउँपालिका कार्यालय प्रयासरत रहेको उल्लेख गरे । 

दुई दिनसम्ममा करिब आधा भन्दा बढी ग्रेगान पन्छाउने काम भएको जनाउँदै उनले अझै केहीदिन लाग्नसक्ने उल्लेख गरे। उनका अनुसार लाङ्क्यु खोलामाथिको अवस्थित पुरानो झोलुङे पुलका कारण बाढी आउँदा बस्ती जोखिममा पर्ने महसुस गरी उक्त पुल हटाइएको छ । 

नदी उकाससँगै बाढी आउँदा अवस्थित पक्की पुल माथिबाट खोला बग्ने गरेकाले उक्त पुल हटाइएको थासाङ-२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए । मनसुन कायम रहेकाले उक्त पुल पनि बगाउनसक्ने जोखिम रहेको बताउँदै उनले तत्कालका लागि सम्भावित बाढीको जोखिम न्यूनीकरण गर्न डोजर परिचालन गरेर लाङ्क्यु खोलाको सतहलाई तल झार्ने काम थालिएको जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : १० बजे

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं– इजरायलमा सशस्त्र समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीका

विजयपुरकी महारानी थाङसामा कसरी छोरी, कसरी रानी ?

याक्थुङ/लिम्बूवान क्षेत्रका राजाहरूका रानी/महारानीमध्ये इतिहासमा उल्लेखित एकमात्र महारानी थाङसामा हुन्

‘बिग्रिएको ग्याष्ट्रिकले अल्सर हुँदै क्यान्सर निम्त्याउँछ भन्ने बुझाइ गलत’ 

मलाई ग्याष्ट्रिकको समस्या छ नभन्ने मान्छे प्राय बिरलै भेटिन्छन् ।

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय