राजस्व अनुसन्धानद्वारा अवैध कारोबारीविरुद्ध मुद्दा दायर « Khabarhub

राजस्व अनुसन्धानद्वारा अवैध कारोबारीविरुद्ध मुद्दा दायर


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय बुटवलले अवैध तस्करी तथा करछलीका विरुद्धमा अर्को ठूलो कारबाही गरेको छ । 

राजस्व कार्यालयले गरेको अनुसन्धानका आधारमा स्थानीय व्यवसायी अजय बैङ्गल  स्टोरले पशुपन्छी आहाराका नाममा गलत विवरण पेस गरी करोडौँ रुपैयाँ बराबरको कर छली गरेको भन्दै अनुसन्धान कार्यालय बुटवलले कारबाही अगाडि बढाएको छ । 

राजस्व अनुसन्धान ऐन, २०५२ को दफा २० (६) बमोजिम जारी गरिएको कर छलीसम्बन्धी अभियोगपत्रअनुसार अजय बैल्बस स्टोरले भारतबाट पशुपन्छी आहाराका नाममा गलत विवरणमा सामान आयात गरी आन्तरिक बजारमा बिक्री वितरण गरेको थियो । 

अनुसन्धानका क्रममा कुल रु नौ करोड ९९ लाख ८९ हजार ८४१ बराबरको कारोबारमा कर छल्न खोजिएको देखिएको अनुसन्धान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वास्तविक मूल्यांकनका आधारमा उक्त कारोबारमाथि लाग्ने कर रु चार करोड ८३ लाख २५ हजार ८८६ बराबरको रहेको पाइएको छ । राजस्व विभागले बिगो र जरिवाना गरी उक्त रकम असुल गर्न र कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ । यसमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत सबै प्रकारका करहरू पनि समावेश गरिएको उल्लेख छ ।

राजस्व अनुसन्धान कार्यालय बुटवलले सम्बन्धित व्यवसायी अजय बैङ्गल स्टोरविरुद्ध राजस्व अनुसन्धान ऐन, २०५२ को दफा २० (६) बमोजिम सरकारी कर छलीसम्बन्धी अभियोगपत्र आज उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दर्ता गराएको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

गैरकानुनी रूपमा व्यापार गर्दै आएका समूहहरूको खोजी, निगरानी र कानुनी कारबाहीका लागि कार्यालयले विशेष अभियान नै चलाउँदै आएको छ । तस्करी र करछली गर्नेहरू कानुनी दायरामा ल्याउनेगरी अनुसन्धान भइरहेको प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेको भनाइ छ ।
 
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत घिमिरेका अनुसार राजस्व सुरक्षाका निम्ति राजस्वको टोली निरन्तर सक्रिय रहेको र यस्ता कारबाही अझ तीव्र बनाइने छ ।
 

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ६ : २० बजे

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

रौतहट – सशस्त्र प्रहरीबल नेपाल, रौतहट टोलीले स्थानीय दुर्गाभगवती गाउँपालिका–३

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

देवदह– तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन

अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार

जेनेभा- अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित

भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

भक्तपुर– भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका