प्रधानमन्त्रीद्वारा परवानीपुर गाउँपालिकाको प्रशासनिक भवनको उद्‌घाटन | Khabarhub Khabarhub

प्रधानमन्त्रीद्वारा परवानीपुर गाउँपालिकाको प्रशासनिक भवनको उद्‌घाटन


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज एक कार्यक्रमबीच उद्‌घाटन गरेका छन् । 

प्रधानमन्त्री ओलीले शुक्रबार आयोजित एक कार्यक्रमबीच भवनको उद्‌घाटन गर्दै गाउँपालिकाको प्रशासनिक भवन बनेसँगै यहाँका सेवाग्राहीले सहज र सरल ढङ्गले कार्यालयको सेवा प्राप्त गर्न सक्ने बताए।

‘आधुनिक भवनबाट विगतको भन्दा राम्रो सेवा प्रवाह गरेर जनताको मन जित्ने काम गर्नका लागि अनुरोध गर्दछु’, उनले भने, ‘यो भवन निर्माण हुनु पक्कै पनि खुसीको विषय हो । यो भवनले पक्कै ५० देखि एक सय वर्षसम्म सेवा प्रवाह गर्नेछ भन्ने विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले भवनको निर्माणको सुरूआतदेखि निर्माण सम्पन्न हुने चरणसम्म खटिने पालिकाका जनप्रतिनिधिसहित कर्मचारी र इन्जिनियरहरूको पनि खुलेर प्रशंसा गरे। प्रधानमन्त्री ओलीले मुलुकभर विभिन्न सरकारी कार्यालयको भवन निर्माण हुने कार्य द्रुत गतिमा अघि बढिरहेको जानकारी दिए ।
 
परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले भवन भवन निर्माण भएसँगै जनताले पाउने सेवामा थप सरल र सहज हुने बताए। 
 

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ७ : १७ बजे

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं– इजरायलमा सशस्त्र समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीका

विजयपुरकी महारानी थाङसामा कसरी छोरी, कसरी रानी ?

याक्थुङ/लिम्बूवान क्षेत्रका राजाहरूका रानी/महारानीमध्ये इतिहासमा उल्लेखित एकमात्र महारानी थाङसामा हुन्

‘बिग्रिएको ग्याष्ट्रिकले अल्सर हुँदै क्यान्सर निम्त्याउँछ भन्ने बुझाइ गलत’ 

मलाई ग्याष्ट्रिकको समस्या छ नभन्ने मान्छे प्राय बिरलै भेटिन्छन् ।

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय