बागमती सरकारका चार मन्त्री पदमुक्त « Khabarhub

बागमती सरकारका चार मन्त्री पदमुक्त


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले कांग्रेसका चारजना मन्त्रीलाई पदमुक्त गरेका छन्।

संविधानको धारा १६८ (९)(ख)अनुसार मुख्यमन्त्री लामाले सोमबार उनीहरूलाई पदमुक्त गरिएको जानकारी दिएका हुन्। तर, उनले पदमुक्त गर्नुअघि नै मन्त्रीहरू सुरजचन्द्र लामिछाने, मदुकुमार श्रेष्ठ, मिनकृष्ण महर्जन र बिमल ठकुरीले राजीनामा दिइसकेका थिए ।

चार मन्त्रीले शुक्रबार बिहानै मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका थिए। साथै, उनीहरूले नेपाली कांग्रेस संसदीय दलको नेता इन्द्रबहादुर बानियाँलाई समर्थन जनाउँदै मुख्यमन्त्री लामा विरुद्ध अविश्वास प्रस्ताव समेत दर्ता गराएका छन्।

बागमती प्रदेशसभामा ३७ सिट रहेको नेपाली कांग्रेसका २१ सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्। प्रस्तावमा राजीनामा दिने चारै जना मन्त्रीको नाम पनि समावेश छ।

राजनीतिक रूपमा सक्रिय हुँदै गएको बागमती प्रदेशमा सत्ता समिकरण फेरिने संकेत देखिएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १० : ०९ बजे

रास्वपाको महाधिवेशनमा सहभागी भएनन् अमरेशकुमार सिंह

काठमाडौं- प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंह चितवनमा आइतबारदेखि सुरू

वर्षमानले भने- प्रचण्डको आउने चाहना थियो ,स्वास्थ्य अवस्थाले दिएन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पार्टी संयोजक पुष्पकमल

रास्वपाले पाएको जिम्मेवारी पुरा नगरे देश र जनतालाई धोका हुन्छ : राजेन्द्र लिङ्देन

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले पाएको जिम्मेवारी पुरा गर्ने

काठमाडौं महानगरस्तरीय अन्तर-विद्यालय हस्तलेखन प्रतियोगिता

काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजना

बेड क्षमता र दायरा बाहिरका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड र चिकित्सकहरूको