ट्रमा सेन्टरमा दुरबिन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया « Khabarhub

ट्रमा सेन्टरमा दुरबिन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरमा इन्डोस्कोपिक स्पाइन सर्जरी (दुरविनबाट गरिने मेरुडण्डको शल्यक्रिया) प्रविधिबाट गरिने भएको छ । दुरबिनबाट मेरुदण्डको शल्यक्रिया गर्दा बिरामीलाई धेरै सहज हुने छ । 

सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालले दुरबिन प्रविधिबाट मेरुदण्डको गरिने शल्यक्रियाको सबै तयारी पूरा भइरहेको जानकारी दिए । शल्यक्रियाका लागि सेन्टरमा उपकरण आइसकेको छ । सेन्टरमा यसअघि नशा च्यापिएकोलाई माइक्रोस्कोप सर्जरी (थोरै चिरेर गरिने शल्यक्रिया) हुने गर्दथ्यो । 

उनले चीनमा सेन्टरका तीन जना चिकित्सकलाई तालिममा पठाएर यही महिनाभित्र नै सेवा सञ्चालन गर्ने बताए। उनका अनुसार दुरबिनबाट सानो प्वाल पारेर मेरुदण्डमा नशा च्यापिएको शल्यक्रिया गरिन्छ । “मेरुदण्डमा नशा च्यापिएको हुन्छ र चोटपटकले गर्दा पनि नशा च्यापिएको हुन्छ, दुरबिनबाट शल्यक्रिया गर्दा रक्तस्राव कम हुने, ठूलो घाउ नहुने र अस्पतालको बसाइ पनि बिरामीको कम हुन्छ”, उनले भने।

सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रिजालले इन्डोस्कोपिक स्पाइन सर्जरी महँगो भए पनि बिरामीलाई सरकारले उपलब्ध गराएको रु एक लाखमा गर्ने बताए। सेन्टरका वरिष्ठ हाडजोर्नी शल्य रोग विशेषज्ञ डा राजेश चौधरी स्पाइन सर्जरी जटिल भएकाले समयमा नै बिरामीले उपचार गर्न सके निको हुने बताउँछन्। 

‘बिरामीहरू मेरुदण्ड दुख्यो भने इन्जेक्सन लगाएर केही समय सन्चो हुने चलन बिरामीलाई छ, यसले केही बेर सन्चो भएको महसुस गरे पनि दीर्घकालीन उपचार यो होइन’, उनले भने, ‘मेरुदण्डको नशा च्यापिएको दीर्घकालीन समस्या समाधान शल्यक्रिया नै हो ।’

यस्तै सेन्टरले घुँडा र हिपको जोर्नीको प्रत्यारोपण पनि गर्दै आइरहेको छ । घुँडा खिइएको, उमेर पुगेपछि घुँडाले काम नगर्ने, घुँडा बिग्रेको घुँडाको नशा च्यातिएकोजस्ता घुँडाका समस्याको पनि प्रत्यारोपण हुँदै आएको सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट डा रिजालले जानकारी दिए । उनले हप्तामा १० देखि १५ वटा प्रत्यारोपण अस्पतालमा हुँदै आएको छ । 

‘जोर्नी खिइएर मानिसलाई हिँड्न र नसक्ने, उठ्न सक्दैनन् । जोर्नी खिइएर जोर्नीको आकार बिग्रेर हिँड्न नै समस्या हुने गर्दछ, चोटपटकले गर्दा जोर्नी बिग्रेपछि जोर्नी फेर्नुपर्ने अवस्था हुने गर्दछ’, उनले भने, ‘ती सबैको शल्यक्रियामार्फत उपचार गरिन्छ ।’ 

खेल खेल्दा घुँडाको नशा च्यातिने र ढाडमा चोट लागेर पनि नशा च्यापिने गर्दछ । यसैगरी सेन्टरमा न्यूरो सर्जरी टाउकोमा लागेको चोट पटक, हाडजोर्नी र मासुमा हुने ट्युमरको पनि सेन्टरमा शल्यक्रिया गरेर उपचार हुने गर्दछ । 

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १ : ४३ बजे

रास्वपा महाधिवेशन : प्रत्येक प्रदेशबाट ५–५ जना निर्वाचित हुने व्यवस्था

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रत्येक प्रदेशबाट

नाइजेरियामा भएको आक्रमणमा २० जनाको मृत्यु

नाइजेरिया– नाइजेरियाको मध्य पठार राज्यमा अज्ञात सशस्त्र समूहले गरेको आक्रमणमा

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको

रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले

सभापतिमा लामिछानेसँग प्रतिस्पर्धा गर्न खोजेका साहको प्रतिनिधिबाट नै नाम हटाइयो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सभापति पदमा रवि लामिछानेसँग प्रतिस्पर्धा