सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा « Khabarhub

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसको सङ्घीय मामिला समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधन र सङ्घीयताको सबलीकरण, सङ्घ प्रदेश स्थानीय सरकारको समन्वय, प्रशासन र सुरक्षा निकायको भूमिका’ विषयक अन्तरक्रियामा उनले सङ्घीयतालाई जनभावना अनुरुप प्रभावकारी बनाउनुपर्ने बताए।

“जति अप्ठ्यारो भए पनि संविधान संशोधनको पक्षमा नेपाली कांग्रेसले जिम्मेवारी लिनुपर्छ, उत्तेजना बढाउनेले जे बोले पनि हुन्छ, तर हामीमा जिम्मेवारी छ, संविधान संशोधन गर्ने कुरा पनि समयअनुसार परिमार्जन गर्दै जानुपर्छ,” उनले भने।

सर्वोच्च अदालत बारका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गणतन्त्र, सङ्घीयता, लोकतन्त्र, धर्म निरपेक्षता र मौलिक अधिकार वर्तमान संविधानको मुख्य अन्तरवस्तु भएकाले संशोधनको विषय उठ्दा यी विषयवस्तुलाई झनै सबल बनाउनुपर्ने बताए। 

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश प्रसाद मैनालीले सङ्घीयतामा स्थानीय सरकार, प्रदेश र सङ्घको प्रशासनिक संरचनाको व्यवस्थापन, जनताको सेवामा स्थानीय सरकारको भूमिकाका बारेमा प्रस्तुतीकरण गरेका थिए । 

सङ्घीय मामिला समन्वय विभागका प्रमुख चन्द्रबहादुर केसीले राजनीतिक नेतृत्व र संविधानविद्हरुले संविधानलाई समयसापेक्ष आवश्यकता अनुरुप परिमार्जन र गतिशील बनाउनुपर्नेमा जोड दिए ।  

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ७ : ०९ बजे

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्