जेन-जी आन्दोलनमा गोली लागेर घाइते भएका अनिल सहाराविहीन (तस्बिरहरू) « Khabarhub

जेन-जी आन्दोलनमा गोली लागेर घाइते भएका अनिल सहाराविहीन (तस्बिरहरू)



काठमाडौं– बूढानीलकण्ठको एउटा घर, त्यही घरमा भाडाको सानो कोठा, कोठाको एक कुनामा भान्छा भने अर्को कुनामा पलाङ्ग , पलाङ्गसँगै दराज र दराज माथिको झ्यालमा डेढ वर्ष अगाडी बितेको श्रीमतीसँगको तस्बिरहरू । 

यी कोठा भदौ २३ गते सुरु भएको जेन-जी आन्दोलन र २४ गते गोली लागि भर्खर तङ्ग्रिँदै गरेको कुस्मा पर्वतको ३१ वर्षीय अनिल परियारको हो ।

सिलाई कटाई पेसामा प्राय व्यस्त रहने अनिललाई भदौ २३ गरेको जेन-जी आन्दोलन किन भयो के कारणले भयो, को हुन् र के हो जेन-जी त्यसको विषयमा केही जानकार थिएन, त्यो आन्दोलनमा प्रहरीको गोली लागि मृत्यु भएका साना विद्यार्थी भाइहरूको माया र त्यो क्रूरताबाट रिस उठेर आएपछि २४ गरेको आन्दोलनमा सहभागी हुने निर्णय गरे ।

आफूसँग टाढा टाढा आन्दोलन जान सवारी साधन नभएपछि नजिकैको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरतिर अगाडी बढेको एक समूहमा उनी पनि सहभागी भए, आन्दोलनकै क्रममा गोली चल्यो । गोली अनिलको देब्रे कोखा हुँदै पछाडिबाट बाहिर निस्क्यो उनी अचेत अवस्थामा पुगे ।

डेढ वर्ष अगाडी श्रीमती गुमाएका अनिलले दुःख, सुख, मजदुरी गरी कोठा भाडा र आफ्नो एक मात्र सन्तान नौ वर्षीय छोरालाई शिक्षादीक्षाका दिई हुर्काउँदै आएका थिए । अहिले आफू नै यस्तो अवस्थामा पुगे पछि दैनिक घर चलाउन समेत उनलाई गाह्रो भएको छ ।

२४ गते करिब ६ बजेतिर गोली लागेको उनलाई, होसमा आउँदा शिक्षण अस्पताल महरागन्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टको आई. सी.यु मा थिए । २५ गते बिहान करिब ३ बजे तिर होसमा आएका उनको मृत्यु भई सकेको खबर भने पहिले नै फैलिसकेको रहेछ । 

भाउजू संगिता परियार लगायत आफन्त अस्पताल पुग्दा अस्पताल कर्मचारीले तपाईँको मान्छे हिजो साँझ अपरेसन गर्दा नै बिती सकेको खबर सुन्न परेको र शव बुझ्न १० बजेपछि आउन जानकारी समेत दिएको संगीताले सुनाइन् । निराश हुँदै घर फर्केका उनीहरूलाई २५ गते बिहान ८:३० बजे तिर अस्पतालको एक नर्ससँग फो न मागेर अनिल आफैले नै फोन गरे र आफूलाई भर्खर आईसीयुबाट वार्डमा सारेको र अहिले अवस्था ठीक भएको जानकारी दिए ।

चार दिने अस्पताल बसा पछि उनी भदौ २९ गते डिस्चार्ज भए । गोलीले मुटुमा समेत असर गरेपछि ओपन हर्ट सर्जरी गरी आई, सी, यु मा रहेका उनी हस्पिटल ल्याउन केही समय ढिला गरेको भए आज यो अवस्था नआउन पनि सक्थ्यो डाक्टर अनिल भट्टराईले बताए ।

‘ हामीका ल्याउँदा अवस्था निकै क्रिटिकल थियो, गोलीका छर्राले मुटुमा समेत असर गरेकोले ढिला गरेको भए भाइको मृत्यु समेत हुन सक्थ्यो ‘ डा. भट्टराईले बताए ।

भाउजू संगिता परियारको हेरचाहमा अहिले भने अनिलको स्वास्थ्य सुधार हुँदै आएको छ, तर गोलीका छर्रा शरीरमा अझै बाँकी छ जुन आजीवन रहने छ । काम गरेर जीविकोपार्जन गर्ने उनलाई अहिले कसरी घर चलाउने छोराको पढाई पालनपोषण कसरी गर्ने भन्ने ठूलो चिन्ता परेको छ ।

नेपाल अहिले अन्तरिम सरकारले आफ्नो काम कारबाही अगाडी बढाएको छ । जेन-जी आन्दोलनको निष्पक्ष छानबिनका लागि आयोग समेत गठन गरी सकेको अवस्था पनि छ, आन्दोलनका क्रममा ज्यान गुमाउने लाई सहिद घोषणा गर्ने देखि आर्थिक सहयोग उपलब्ध गराउने सरकारले निर्णय समेत गरी सकेको अवस्था छ ।

तर सोही आन्दोलनमा अनिल परियार जस्तै गोली खाएका, घाइते भएकाहरूको लागि सरकारले केही ठोस निर्णय समेत गर्ने सकेको छैन । घाइतेहरूले उचित सहयोग र साहेता नपाएका कारण असोज ५ गते घाइतेहरूले सिंहदरबार परिसरमा धर्ना समेत दिएका थिए ।

आफू जेन-जी पनि नभएको, आफू सरकार पक्ष पनि नभएको तर निर्दोष विद्यार्थीको गोली हानी गरिएको हत्या, देशमा भएको भ्रष्ट्राचार, जसका कारण नेपालीहरू बिदेसिनु परेको अवस्थाले अनिललाई पनि पिरोलेको थियो, अब नयाँ नेपाल, परिवर्तन, र सहज तरिकाले देश मै बस्ने र काम गर्ने अवस्था आओस् उनी यही चाहन्छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १ : ०७ बजे

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

चितवन– त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा

ऊर्जा सुरक्षामा चीनको कडाइ

एजेन्सी– मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला

ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि

इनिसाको न्यायका लागि बोले कलाकार

काठमाडौं – सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिसा विकको न्यायका

साउथ भाइव दिने ‘राम नाम सत्य’को टिजर, पश्चिमेली अवतारमा विराज

काठमाडौं – नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को