बाबुरामले भने- पुराना दलहरू नसच्चिने भए सक्किन तयार हुनुपर्छ « Khabarhub

बाबुरामले भने- पुराना दलहरू नसच्चिने भए सक्किन तयार हुनुपर्छ


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले आफूले राजनीति र आन्दोलनबाट अवकाश लिन नखोजेको बताएका छन् ।

उनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीको जिम्मेवारी मात्रै छाडेको बताएका हुन् ।

आफू पार्टीको जिम्मेवारी र कार्यकारी पदबाट आजैदेखि मुक्त भएको उनले बताएका छन् । समाज रुपान्तरणको, न्यायको अभियान र जेन–जी पुस्ताले अघि सारेको आकांक्षालाई निरन्तर सघाउने वचनसहित उनले पार्टी अध्यक्ष छाडेको घोषणा गरे ।

डा. भट्टराईले बुधबार पार्टीको बैठकमा अध्यक्ष पद परित्यागको घोषणा गरेर बिहीबार पत्रकार सम्मेलन गरेका हुन् ।

‘म कुनै आन्दोलनबाट अलग भएको होइन । नयाँ शक्ति वैकल्पिक राजनीतिक अभियान, यसलाई एउटा विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र भोलि निरन्तर रहनेछु’, उनले भने, ‘मैले नैतिक हिसाबले छाडेको हुँ । नवयुवाले ढोका ढक्ढक्याइसके, नाति पुस्ता, नातिनी पुस्ता अगाडि आइसके । अब उनीहरूलाई प्रोत्साहन गर्नुपर्छ । उनीहरूले देशको नेतृत्व गर्नुपर्छ ।’

भदौ २३ र २४ को जेन–जी विद्रोहबाट धनजनको क्षति भएपनि ठूलो सकारात्मक परिवर्तन ल्याएको उनले बताए । नेपाली इतिहासलाई अब केही दशक अगाडि बढाउने, नेतृत्व गर्ने नयाँ पुस्ता संघर्षबाट दीक्षित भएको पनि उनले टिप्पणी गरे ।

जेन–जी पुस्तालाई प्रोत्साहन गर्दै पुराना दलहरूले आफूलाई रुपान्तरण गर्नुपर्ने उनले बताए । ‘कि त सँच्चिनुपर्छ, कि त सक्किनुपर्छ भन्ने अवस्था छ । हामी वैकल्पिक राजनीतिक अभियन्ताहरूले पनि सकेसम्म नयाँ पुस्तालाई अगाडि सार्ने प्रयत्न गर्नुपर्छ’, उनले भने, ‘त्यो दिशामा बल पुगोस् भन्ने ढंगले मैले पद त्याग गरेको हो ।’

जेन–जी विद्रोहलाई जायज र मौलिक विद्रोह भनेका उनले केही प्रतिगामी शक्ति र संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन चाहने शक्तिले आफ्नो स्वार्थको रोटी सेक्ने काम भएको पनि बताए ।

‘विद्रोह जायज थियो । नेपाली युवाहरूको आफ्नै मौलिक विद्रोह हो त्यो । त्यसलाई देशभित्रको प्रतिगामी शक्ति जसलाई संघीय लोकतान्त्रिक गणतन्त्र मन परेको छैन’, उनले भने, ‘त्यसलाई उल्ट्याउन चाहने र बाह्य शक्तिहरू नेपाललाई अस्थिर बनाइराख्दैछन् । आफ्नो स्वार्थको रोटी सेक्न चाहन्छन्, ती तत्वले पनि हात हालेको बुझ्न सकिन्छ ।’

नेता भट्टराईले आफूले संविधान बनाउने बेलादेखि नै यो संविधान आधा गिलास भरी र आधा खाली छ भनेको पनि उनले स्मरण गराए ।

वर्तमान संविधानमा शासकीय त्रुटि रहेको बताउँदै उनले यही प्रणालीमा रहेर कसैले बहुमत ल्याउन नसक्ने बताए । यो प्रणालीमा सुधारेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्राणालीमा जानुपर्ने उनले बताए ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १ : ५७ बजे

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय

धनगढीमा बालेन, उम्मेदवारहरूको सम्पर्क कार्यालय धाउँदै (तस्बिरहरू)

कैलाली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)