बाबुरामले भने- पुराना दलहरू नसच्चिने भए सक्किन तयार हुनुपर्छ « Khabarhub

बाबुरामले भने- पुराना दलहरू नसच्चिने भए सक्किन तयार हुनुपर्छ


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले आफूले राजनीति र आन्दोलनबाट अवकाश लिन नखोजेको बताएका छन् ।

उनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीको जिम्मेवारी मात्रै छाडेको बताएका हुन् ।

आफू पार्टीको जिम्मेवारी र कार्यकारी पदबाट आजैदेखि मुक्त भएको उनले बताएका छन् । समाज रुपान्तरणको, न्यायको अभियान र जेन–जी पुस्ताले अघि सारेको आकांक्षालाई निरन्तर सघाउने वचनसहित उनले पार्टी अध्यक्ष छाडेको घोषणा गरे ।

डा. भट्टराईले बुधबार पार्टीको बैठकमा अध्यक्ष पद परित्यागको घोषणा गरेर बिहीबार पत्रकार सम्मेलन गरेका हुन् ।

‘म कुनै आन्दोलनबाट अलग भएको होइन । नयाँ शक्ति वैकल्पिक राजनीतिक अभियान, यसलाई एउटा विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र भोलि निरन्तर रहनेछु’, उनले भने, ‘मैले नैतिक हिसाबले छाडेको हुँ । नवयुवाले ढोका ढक्ढक्याइसके, नाति पुस्ता, नातिनी पुस्ता अगाडि आइसके । अब उनीहरूलाई प्रोत्साहन गर्नुपर्छ । उनीहरूले देशको नेतृत्व गर्नुपर्छ ।’

भदौ २३ र २४ को जेन–जी विद्रोहबाट धनजनको क्षति भएपनि ठूलो सकारात्मक परिवर्तन ल्याएको उनले बताए । नेपाली इतिहासलाई अब केही दशक अगाडि बढाउने, नेतृत्व गर्ने नयाँ पुस्ता संघर्षबाट दीक्षित भएको पनि उनले टिप्पणी गरे ।

जेन–जी पुस्तालाई प्रोत्साहन गर्दै पुराना दलहरूले आफूलाई रुपान्तरण गर्नुपर्ने उनले बताए । ‘कि त सँच्चिनुपर्छ, कि त सक्किनुपर्छ भन्ने अवस्था छ । हामी वैकल्पिक राजनीतिक अभियन्ताहरूले पनि सकेसम्म नयाँ पुस्तालाई अगाडि सार्ने प्रयत्न गर्नुपर्छ’, उनले भने, ‘त्यो दिशामा बल पुगोस् भन्ने ढंगले मैले पद त्याग गरेको हो ।’

जेन–जी विद्रोहलाई जायज र मौलिक विद्रोह भनेका उनले केही प्रतिगामी शक्ति र संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन चाहने शक्तिले आफ्नो स्वार्थको रोटी सेक्ने काम भएको पनि बताए ।

‘विद्रोह जायज थियो । नेपाली युवाहरूको आफ्नै मौलिक विद्रोह हो त्यो । त्यसलाई देशभित्रको प्रतिगामी शक्ति जसलाई संघीय लोकतान्त्रिक गणतन्त्र मन परेको छैन’, उनले भने, ‘त्यसलाई उल्ट्याउन चाहने र बाह्य शक्तिहरू नेपाललाई अस्थिर बनाइराख्दैछन् । आफ्नो स्वार्थको रोटी सेक्न चाहन्छन्, ती तत्वले पनि हात हालेको बुझ्न सकिन्छ ।’

नेता भट्टराईले आफूले संविधान बनाउने बेलादेखि नै यो संविधान आधा गिलास भरी र आधा खाली छ भनेको पनि उनले स्मरण गराए ।

वर्तमान संविधानमा शासकीय त्रुटि रहेको बताउँदै उनले यही प्रणालीमा रहेर कसैले बहुमत ल्याउन नसक्ने बताए । यो प्रणालीमा सुधारेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्राणालीमा जानुपर्ने उनले बताए ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १ : ५७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर