माओवादीले पार्टी नेतृत्वको बहसलाई तार्किक निष्कर्षमा पुराउने « Khabarhub

माओवादीले पार्टी नेतृत्वको बहसलाई तार्किक निष्कर्षमा पुराउने


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वको बहसलाई तार्किक निष्कर्षमा पुराउने बताएका छन् ।  

बिहीबारबाट काठमाडौंमा सुरु माओवादी केन्द्रीय समिति बैठकमा राजनीतिक एंव संगठनात्मक प्रस्ताव प्रस्तुत गर्दै प्रचण्डले आफूलाई अध्यक्ष पदमा बसिरहने इच्छा नरहेको तर वैज्ञानिक प्रणाली अन्तर्गत नेतृत्वको विषयलाई तार्किक निष्कर्षमा पुराउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

त्यसैगरि पार्टी एकता र ध्रुवीकरणका विषयमा बिचार मिल्नेसँग पार्टी एकता गर्ने र समाजवादी मोर्चालाई पार्टी एकतामा रूपान्तरण गर्नका लागि सघन छलफल भइरहेको प्रचण्डले बताएका थिए  । 

घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि प्रभावकारी भूमिका खेल्ने र विशेष महाधिवेशनका साथै निर्वाचनमा टिकट वितरण गर्दा युवाहरूको प्रतिनिधित्व अधिकतम सहभागिता गराउने विषयमा प्रचण्डले जोड दिएको प्रवक्ता सापकोटाले बताए । 

त्यस्तै प्रचण्डले हालको केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने र त्यसको संयोजक आफै हुने प्रस्ताव राखेको पनि उनले बताए । बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले केही विषयमा फरक बिचार राखेको प्रवक्ता सापकोटाले जानकारी दिए ।  

प्रचण्डको प्रतिवेदनमाथि समूहगत रूपमा छलफल भइरहेको र शुक्रबार समूहगत निष्कर्ष प्रस्तुत गरिने सापकोटाले बताए  ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ४ : ०८ बजे

नौ महिनामा वीरगञ्ज भन्सारबाट करिब ७ अर्बको सामान आयात

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल

पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै रहने

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि

हैदराबादको ‘हाइ–स्कोरिङ’ खेलमा अभिषेकको आक्रामक शतक : दिल्ली ४७ रनले पराजित

हैदराबाद– युवा प्रारम्भिक ब्याटर अभिषेक शर्माको विष्फोटक अविजित शतकको मद्दतले