झिनो अंकले घट्यो नेप्से, ३ अर्ब बढीको भयो कारोबार
साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । आज ३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपैयाँको कारोबार हुँदा नेप्से २.३५ अंकले घटेको हो ।

आज नेप्सेमा भएको सेयर कारोबारमा १०७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने १३९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । त्यस्तै, ५ वटा कम्पनीको सेयर मूल्य भने यथावत् रह्यो ।
गन्नीगाडमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने
सञ्चालनमा ल्याइयो तीन मन्त्रालयमा हटलाइन नम्बर
व्यवसायीक वातावरण पुनरुत्थानका लागि शान्ति सुरक्षा पहिलो सर्त : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायीक वातावरण पुनरुत्थानका लागि शान्ति सुरक्षा पहिलो सर्त भएको बताएका छन् । बुधबार विराटनगर भन्सार कार्यालयमा भन्सार जाँच पासमा स्वचालित मूल्याङ्कन प्रणाली उद्घाटन कार्यक्रममा बोल्दै उनले सो धारणा राखेका हुन् ।

उनले भाद्र २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको घुसपैठबाट व्यापक तोडफोड एवं आगजनीका घटनाले सरकारी तथा निजी उद्योग प्रतिष्ठान तथा व्यक्तिगत सम्पत्तिमा अकल्पनीय क्षति भएको र यसले आम मानिस तथा उद्योगी व्यवसायीको मनोबल कमजोर बनाएको बताए ।
‘त्यो घटनापछि उद्योगी व्यवसायीको मनोबल कमजोर भएको छ । लगानीको लागि उच्च मनोबल चाहिन्छ । मनोबल उकास्न शान्ति सुरक्षा चाहिन्छ ।’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण, सुशासन, मुलुकमै रोजगारीको अवसरको सिर्जना, राजश्वको सदुपयोग जस्ता युवाहरूको चाहना निर्बाध पेसा व्यवसाय गर्ने अधिकारको सुनिश्चितता र लगानी एवं रोजगारी प्रवर्द्धनको कारणले मात्र सम्भव हुने भएकोले यसको लागि उपयुक्त वातावरण सिर्जना गर्न आवश्यक छ ।’
लहान वितरण केन्द्रमा ४४ करोडभन्दा बढी विद्युत् बक्यौता
चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार
जेन–जी आन्दोलनमा क्षति भएका संरचना बनाउन ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति’ गठन, कोष स्थापना
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको ठूलो क्षतिपछि सरकारले पुनर्निर्माणका लागि उच्चस्तरीय समिति गठन र कोष स्थापना गरेको छ।
मन्त्रिपरिषद्को ६ असोजको निर्णयअनुसार ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ।

उक्त समितिको अध्यक्षता अर्थमन्त्रीले गर्नेछन् भने सदस्यमा गृहमन्त्री, शहरी विकास मन्त्री र नेपाल सरकारका मुख्यसचिव रहनेछन्। शहरी विकास मन्त्रालयका सचिव सदस्य–सचिव रहने व्यवस्था गरिएको छ।
समितिले आन्दोलनबाट क्षति भएका संरचनाको पुनर्निर्माण कार्ययोजना तर्जुमा, स्वीकृति, कार्यक्रम खर्च, अनुगमन र सुपरिवेक्षण गर्नेछ। यसका लागि शहरी विकास मन्त्रालयमा सचिवालय रहने व्यवस्था गरिएको छ।
नेपाल र श्रीलंकाको चेम्बरबीच सहकार्यको सम्झौता
शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी
दुई महिनामा ७० अर्ब ऋण थपेको थियो ओली सरकारले
तत्कालीन केपी ओली नेतृत्वको एमाले–कांग्रेस सहितको गठबन्धन सरकारले चालु आर्थिक वर्ष (आव)को दुई महिनामा झण्डै ७० अर्ब सार्वजनिक ऋण थपेको थियो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार केपी ओली नेतृत्वको सरकारले चालु आवको साउन र भदौ महिनामा ६९ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ राज्यको ऋण थप गरेको हो ।
कार्यालयका अनुसार चालु आवको साउन १ गतेसम्म नेपालको सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेकोमा भदौ मसान्तसम्म सो ऋण बढेर २७ खर्ब ४३ अर्ब ३७ करोड १० लाख रुपैयाँ पुगेको छ । जसमा आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड ४१ लाख र बाह्य ऋण १४ खर्ब ५ अर्ब ८२ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया