बत्ती बालेर हटाइँदैछ तुइन खोलाको पहिरो, आजै रातिबाट गाडी चल्ने « Khabarhub

बत्ती बालेर हटाइँदैछ तुइन खोलाको पहिरो, आजै रातिबाट गाडी चल्ने


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

चितवन- मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिकको पहिरो करिब पन्छाइसकिएको छ।

विभिन्न ६ वटा मेशिनले एकसाथ यो पहिरो पन्छाइरहेका छन् । अहिले पहिरोस्थलमा बत्तीकोसमेत व्यवस्था गरेर लगातार पहिरो पन्छाइँदैछ ।

पहिरो राति ९ बजेसम्म पन्छाइसकेर गाडी नारायणगढ र मुग्लिन दुवैतर्फबाट गाडी खुलाउने तयारी गरिएको छ।

काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एक पटकमा दुवैतर्फबाट ६ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था छ । सडक डिभिजन चितवनले बिहीबार राति नै गाडी खुलाउने तयारी गरेको छ।

पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र स–साना तिखा ढुंगाहरूका कारण टायर पन्चर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुनेजस्ता समस्याहरूले गर्दा सोचेअनुसारको प्रगति हुन सकेको थिएन । तर एक्साभेटर र लोडर अपरेटरले दिनरात एकसाथ काम गरेर यो पहिरो सोचेभन्दा पहिले पन्छाएका हुन् ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ८ : २१ बजे

विश्वकपमा नर्वेको विजयी सुरुवात : हालान्ड चम्किँदा इराक ४-१ गोल अन्तरले पराजित

काठमाडौँ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्युमै दुई

विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे इतिहास

काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल