शिक्षामन्त्री पुनले सीटीईभीटीलाई दिए चार निर्देशन « Khabarhub

शिक्षामन्त्री पुनले सीटीईभीटीलाई दिए चार निर्देशन


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)लाई तत्काल कार्यान्वयन हुनेगरी चार निर्देशन दिएका छन्।

मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तन समावेश गर्ने खाका असोज मसान्तभित्र पेश गर्न निर्देशन दिएका छन्। साथै, एकीकृत शैक्षिक क्यालेन्डर तयार गरी परीक्षाको नतिजा तीन महिनाभित्र अनिवार्यरूपमा प्रकाशन गर्ने व्यवस्था मिलाउन आदेश दिएका छन्।

विद्यार्थी, अभिभावक र शिक्षकका गुनासो सुन्ने र त्यसको अभिलेखीकरण तथा समाधान गर्ने छुट्टै शाखा तुरुन्त गठन गरी सञ्चालनमा ल्याउनुपर्ने पनि मन्त्री पुनको भनाइ छ। यस्तै, २०६९ सालदेखि हालसम्म सम्बन्धनका लागि प्राप्त भएका सम्पूर्ण आवेदनको छानबिन गरी असोज मसान्तभित्र प्रतिवेदन पेश गर्न र सम्बन्धन दिने(नदिने निर्णय तत्काल गर्ने निर्देशनसमेत उनले दिएका छन्।

मन्त्री पुनले फेसबुकमार्फत् आफ्नो निर्देशन सार्वजनिक गर्दै ती कदम तुरुन्तै लागू गर्नुपर्ने बताएका छन्।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ९ : ३५ बजे

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि