ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ? « Khabarhub

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले पवित्र उदेश्यसहित आन्दोलन गरेको बताएका छन् । पवित्र उद्देशको आन्दोलन भनिए पनि त्यसलाई गलत व्यक्तिहरूले दुरुपयोग गरेको उनको भनाइ छ ।

बिहीबार भक्तपुरको गुण्डूमा प्रेस चौतारी नेपालका पत्रकारहरूसँग भेटघाटका क्रममा ओलीले जेनजीको पवित्र आन्दोलनलाई तोडफोड, आगजनी र विध्वंसतर्फ मोडिएको बताए। भदौ २३ र २४ गतेको आन्दोलनमा उठाइएका मागहरू सही भए पनि त्यसलाई केही समूहले तोडमोड गर्दै विध्वंसतिर लगेको ओलीको आरोप छ ।

ओलीले भदौ २४ को विध्वंसका कारण देशलाई २५ वर्ष पछाडि धकेल्ने काम भएको उल्लेख गरे। ‘नेपालमा यति ठूलो विनाश पहिले कहिल्यै भएको थिएन’, ओलीले भने।

पूर्वप्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल स्मरण गर्दै भ्रष्टाचार नगरेको जिकिर गरे । ‘मैले सरकारमा हुँदा भ्रष्टाचार नगर्नु नै अपराध हो भन्ने वातावरण बनाइएको थियो,’ उनले भने । उनले अहिले दलीय व्यवस्थामाथि खतरा रहेको टिप्पणी गरे। दलीय व्यवस्था जोगाउन अन्य दलहरूको साथ आवश्यक रहेको उनको भनाइ छ ।

ओलीले फागुन २१ गते हुने भनिएको चुनावको विषयमा भने मौनता साँधे। उनले कुनै व्यक्तिलाई प्रत्यक्ष आक्षेप नलगाए पनि झोले ट्रेन्टलाई विवेकशून्य र आपराधिक भएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १० : १४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा