ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ? « Khabarhub

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले पवित्र उदेश्यसहित आन्दोलन गरेको बताएका छन् । पवित्र उद्देशको आन्दोलन भनिए पनि त्यसलाई गलत व्यक्तिहरूले दुरुपयोग गरेको उनको भनाइ छ ।

बिहीबार भक्तपुरको गुण्डूमा प्रेस चौतारी नेपालका पत्रकारहरूसँग भेटघाटका क्रममा ओलीले जेनजीको पवित्र आन्दोलनलाई तोडफोड, आगजनी र विध्वंसतर्फ मोडिएको बताए। भदौ २३ र २४ गतेको आन्दोलनमा उठाइएका मागहरू सही भए पनि त्यसलाई केही समूहले तोडमोड गर्दै विध्वंसतिर लगेको ओलीको आरोप छ ।

ओलीले भदौ २४ को विध्वंसका कारण देशलाई २५ वर्ष पछाडि धकेल्ने काम भएको उल्लेख गरे। ‘नेपालमा यति ठूलो विनाश पहिले कहिल्यै भएको थिएन’, ओलीले भने।

पूर्वप्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल स्मरण गर्दै भ्रष्टाचार नगरेको जिकिर गरे । ‘मैले सरकारमा हुँदा भ्रष्टाचार नगर्नु नै अपराध हो भन्ने वातावरण बनाइएको थियो,’ उनले भने । उनले अहिले दलीय व्यवस्थामाथि खतरा रहेको टिप्पणी गरे। दलीय व्यवस्था जोगाउन अन्य दलहरूको साथ आवश्यक रहेको उनको भनाइ छ ।

ओलीले फागुन २१ गते हुने भनिएको चुनावको विषयमा भने मौनता साँधे। उनले कुनै व्यक्तिलाई प्रत्यक्ष आक्षेप नलगाए पनि झोले ट्रेन्टलाई विवेकशून्य र आपराधिक भएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १० : १४ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर