ह्यात होटल बन्द भएकोप्रति प्रधानमन्त्रीको चासो « Khabarhub

आइतबार होटल व्यवस्थापनसँग सरकारले छलफल गर्ने

ह्यात होटल बन्द भएकोप्रति प्रधानमन्त्रीको चासो


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले राजधानीको पाँचतारे होटल ह्यात रेजेन्सीको सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको बताएकी छन्।

जेनजी आन्दोलनपछि अस्थायी रूपमा बन्द गरिएको होटलका विषयमा चासो राख्दै प्रधानमन्त्री कार्कीले सुरक्षाको प्रत्याभूति सरकारले दिलाउने बताएकी हुन्।

प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान कुराकानी गरेर जानकारी लिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

‘ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गर्नुभएको छ’, ‘त्यस सम्बन्धमा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गर्नुभएको छ।’

होटलका सरोकारवालासँगको छलफलमा खनालले भनेका छन, ‘तपाईंहरु आत्तिन भएन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी साथमा छौँ। सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ। कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्।’

प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरेर सञ्चालनका लागि आवश्यक पहल गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  १० : १६ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी