जेन-जी आन्दोलनका घाईते ९ जना अझै अस्पतालमा  « Khabarhub

जेन-जी आन्दोलनका घाईते ९ जना अझै अस्पतालमा 


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाईते भएका ९ जनाको अझै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

घाइतेमध्ये ३ जनाको ट्रमा सेण्टरमा उपचार भइरहेको छ भने काठमाडौं मेडिकल कलेज सिनामंगलमा ३ जना, टिचिङमा २ र १ जनाको स्पाइनल इन्जुरी पुनर्वास केन्द्र बनपामा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार गत भदौ २३ र २४ गते जेन-जीका नाममा भएको आन्दोलनका क्रममा घाइते भएर देशका विभिन्न अस्पतालमा उपचारका लागि पुगेका ५१ जनामो मृत्यु भएको थियो भने २ हजार ५ सय ७४ जना घाइते भएका थिए । 

२ हजार ५ सय १४ जना उपचार पछि डिस्चार्ज भइसकेका मन्त्रालयले जनाएको छ । आन्दोलनकारीले आगजनी गरेको भाटभटेनीमा जलेर मृत्यु भएका ७ जनाको भने सनाखत हुन सकेको छैन । उनीहरूको कंकाल टिचिङ अस्पतालको शव परिक्षण केन्द्रमा राखिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ४ : १८ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष