जेन-जी आन्दोलनका घाईते ९ जना अझै अस्पतालमा  « Khabarhub

जेन-जी आन्दोलनका घाईते ९ जना अझै अस्पतालमा 


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाईते भएका ९ जनाको अझै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

घाइतेमध्ये ३ जनाको ट्रमा सेण्टरमा उपचार भइरहेको छ भने काठमाडौं मेडिकल कलेज सिनामंगलमा ३ जना, टिचिङमा २ र १ जनाको स्पाइनल इन्जुरी पुनर्वास केन्द्र बनपामा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार गत भदौ २३ र २४ गते जेन-जीका नाममा भएको आन्दोलनका क्रममा घाइते भएर देशका विभिन्न अस्पतालमा उपचारका लागि पुगेका ५१ जनामो मृत्यु भएको थियो भने २ हजार ५ सय ७४ जना घाइते भएका थिए । 

२ हजार ५ सय १४ जना उपचार पछि डिस्चार्ज भइसकेका मन्त्रालयले जनाएको छ । आन्दोलनकारीले आगजनी गरेको भाटभटेनीमा जलेर मृत्यु भएका ७ जनाको भने सनाखत हुन सकेको छैन । उनीहरूको कंकाल टिचिङ अस्पतालको शव परिक्षण केन्द्रमा राखिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ४ : १८ बजे

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु