ईश्वर पोखरेलले भने- विद्या भण्डारीलाई एमालेको सदस्यता दिलाएरै छाड्छौँ « Khabarhub

ईश्वर पोखरेलले भने- विद्या भण्डारीलाई एमालेको सदस्यता दिलाएरै छाड्छौँ


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनको तयारीबीच वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिलाएरै छाड्ने बताएका छन् ।

उनले आफू ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणा गर्दै भण्डारीको सदस्यता नवीकरण गराएरै छाड्ने स्पष्ट प्रतिबद्धता जनाएका हुन्।

सोमबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै पोखरेलले भण्डारीलाई सदस्यताबाट बञ्चित गर्नु पार्टीका लागि राजनीतिक रूपमा हानिकारक भएको दाबी गरेका छन् ।

भण्डारीले चार दशकभन्दा बढी समय पार्टी निर्माणमा दिएको योगदानलाई सम्मान गर्नुपर्ने पनि बताएका छन् । ‘अब उहाँलाई पार्टीमा फर्कने वातावरण बनाउनु नेतृत्वको जिम्मेवारी हो’, उनले भने, ‘यसबारेमा पार्टीमा निर्णय गराएरै छाड्ने कुरामा म प्रतिबद्ध छु ।’

पोखरेलले पार्टीलाई वैचारिक रूपमा सुदृढ, संगठनात्मक रूपमा एकताबद्ध र नेतृत्व हस्तान्तरणको संस्कृतिले चलायमान बनाउने लक्ष्य पनि लिएका छन् ।

उनले महाधिवेशनमा अध्यक्षका रूपमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि अब केपी शर्मा ओलीसँग भिडन्त हुने भएको छ।

पोखरेलले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको परिस्थितिमा एमालेले संविधान, लोकतन्त्र र संगठन सुदृढीकरणमा निर्णायक भूमिका खेल्नुपर्ने बताएका छन् । एमालेको महाधिवेशन आगामी मंसिर २७–२९ गते काठमाडौं हुँदैछ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ४ : ४८ बजे

उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको

पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ दिवस : मुख्यसचिवसहित छ जना सम्मानित

काठमाडौं– काठमाडौंस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही