लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो « Khabarhub

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित केही व्यक्ति चढेको दुर्घटनाग्रस्त एक निजी जेटबाट बुधबार ‘ककपिट भ्वाइस रेकर्डर’ र ‘ब्ल्याक बक्स’ फेला परेको टर्कीका अधिकारीले बताएका छन् ।

टर्कीको राजधानी अङ्काराबाट उडेको केही मिनेटपछि नै फाल्कन ५० विमानमा विद्युतीय खराबीका कारण आपतकालीन अवतरणका लागि अनुरोध गरिएको टर्कीका अधिकारीहरुले बताएका छन् । विमान त्रिपोली फर्किरहेको थियो ।

टर्कीका सुरक्षाकर्मीले अंकारा नजिकै हेमाना जिल्लामा उक्त भग्नावशेष फेला पारेका हुन् ।

दुर्घटनास्थलमा सञ्चारकर्मीहरू जानकारी दिँदै गृहमन्त्री अली येर्लिकायाले विमानको भ्वाइस रेकर्डर र ब्ल्याक बक्स भेटिएको र यस उपकरणको परीक्षण र मूल्याङ्कन प्रक्रिया सुरु भइसकेको बताए ।

टर्कीका यातायात मन्त्री अब्दुलकादिर उरालोग्लुले एक्समा जारी एक विज्ञप्तिमा भनेका छन्, “विमान दुर्घटनाको कारण पत्ता लगाउन ‘भ्वाइस रेकर्डर’ र ‘फ्लाइट डाटा रेकर्डर’को विश्लेषणका लागि ती उपकरणलाई तटस्थ देशमा पठाइनेछ ।

उनले भने, “यी निष्कर्षहरू पूर्ण पारदर्शिताका साथ टर्की, लिबियालगायत सम्पूर्ण विश्वमाझ साझा गरिनेछ।”

लेफ्टिनेन्ट जनरल मोहम्मद अल–हद्दाद अन्य चार सहयोगीसहित टर्कीका सैनिक अधिकारीसँग अंकारामा वार्ता गरी त्रिपोली फर्किरहेका थिए । विमानमा चालक दलका तीन सदस्यसहित आठ जना सवार थिए ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ६ : ३८ बजे

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी