लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो « Khabarhub

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित केही व्यक्ति चढेको दुर्घटनाग्रस्त एक निजी जेटबाट बुधबार ‘ककपिट भ्वाइस रेकर्डर’ र ‘ब्ल्याक बक्स’ फेला परेको टर्कीका अधिकारीले बताएका छन् ।

टर्कीको राजधानी अङ्काराबाट उडेको केही मिनेटपछि नै फाल्कन ५० विमानमा विद्युतीय खराबीका कारण आपतकालीन अवतरणका लागि अनुरोध गरिएको टर्कीका अधिकारीहरुले बताएका छन् । विमान त्रिपोली फर्किरहेको थियो ।

टर्कीका सुरक्षाकर्मीले अंकारा नजिकै हेमाना जिल्लामा उक्त भग्नावशेष फेला पारेका हुन् ।

दुर्घटनास्थलमा सञ्चारकर्मीहरू जानकारी दिँदै गृहमन्त्री अली येर्लिकायाले विमानको भ्वाइस रेकर्डर र ब्ल्याक बक्स भेटिएको र यस उपकरणको परीक्षण र मूल्याङ्कन प्रक्रिया सुरु भइसकेको बताए ।

टर्कीका यातायात मन्त्री अब्दुलकादिर उरालोग्लुले एक्समा जारी एक विज्ञप्तिमा भनेका छन्, “विमान दुर्घटनाको कारण पत्ता लगाउन ‘भ्वाइस रेकर्डर’ र ‘फ्लाइट डाटा रेकर्डर’को विश्लेषणका लागि ती उपकरणलाई तटस्थ देशमा पठाइनेछ ।

उनले भने, “यी निष्कर्षहरू पूर्ण पारदर्शिताका साथ टर्की, लिबियालगायत सम्पूर्ण विश्वमाझ साझा गरिनेछ।”

लेफ्टिनेन्ट जनरल मोहम्मद अल–हद्दाद अन्य चार सहयोगीसहित टर्कीका सैनिक अधिकारीसँग अंकारामा वार्ता गरी त्रिपोली फर्किरहेका थिए । विमानमा चालक दलका तीन सदस्यसहित आठ जना सवार थिए ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ६ : ३८ बजे

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै