रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन « Khabarhub

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

कुरा नमिले आफ्नै पार्टी अघि बढाउने तयारी



काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने ग्यारेन्टी भएको घोषणा गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह अचानक राजनीतिक भेटघाटमा व्यस्त छन्।

२०७९ को निर्वाचनमा काठमाडौँ सहरमा ६१ हजार ७ सय ६७ मत ल्याएर ठूला दललाई पछारेका शाहले यस बीचमा कुनै पार्टी रोजेनन् । उनी कुनै दलहरूको नजिक पनि भएनन् । बरु ठूला दलका नेताहरलाई गाली गरिरहेर चुनौती दिइरहे ।

बालेनलाई ठूला दलहरूले तह लगाउन निकै कोसिस गरे । तर युवाहरूको बलियो साथ र पुरानाको विकल्प बन्न सक्ने विश्वासले दलहरूको केही लागेन । दललाई नटेरेका उनै बालेन प्रत्यक्ष निर्वाचित कार्यकारीको वकालत गर्थे । तर अब उनी नयाँ दल दर्ता गरेर बहुमतसहित यही प्रणालीमा प्रधानमन्त्री हुने दाउमा छन्।

गत आइतबार र सोमबारबाट राजनीति भेटघाटलाई तीव्र बनाएका बालनले बिहीबार झण्डै दर्जनसँग कुरा गरे । आइतबार र सोमबार दुई दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग वार्ता गरे। त्यसअगाडि बिहीबार झन् सक्रिय भएका उनले ऊर्जा मन्त्री कुलमान घिसिङ र उनीनिकट नेताहरूसँग बारम्बार वार्ता गरेको स्रोतले जनाएको छ ।

यस्तोमा बालेनको केमेस्ट्री कुलमानसँग मिलिरहेको नेताहरूको दाबी छ । अहिले उनी सबै वैकल्पिक शक्ति र पार्टीका नेताहरूसँग पनि संवादमा छन् । बुधबार बेलुकादेखि बिहीबारसम्म उनले २५–३० जनासँग भेटवार्ता गरेको उनको सचिवालय बताउँछ । उनीसँग भेटवार्ता गरेका अधिकांश नेताहरू कुरा सहकार्यनजिक पुगेको बताइरहेका छन्।

उनीसँग भेटेका पूर्वस्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह त बालेन, कुलमान र रवि एक ठाउँमा आएर नयाँ पार्टी बन्ने दाबी नै गर्छन् । यता रास्वपा सभापति लामिछानेले पनि वार्ता सकारात्मक अभिव्यक्ति दिएर हिँडेका छन् । बालेनसँग बिहीबार ज्वागलको वार्ताबाट निस्किएका उनले फेरि शिशिर खनाललाई पठाए ।

वार्तामा संलग्न तथा बालेन्द्र र रविलाई नजिकबाट नियाल्नेहरूका अनुसार कुलमानसँग सहकार्यको सम्भावना बलियो रहेको बताउँछन् । रविसँग बालेनको कुरा नमिलिरहँदा कुलमानसँग सहकार्य नजिक पुगेको बताइएको छ।

भेटवार्तामा संलग्न नेताहरूका अनुसार रास्वपासँग मिल्न अहिले समझदारी हुने अवस्था छैन । बाँकी वैकल्पिक शक्ति र जेन-जीसँग भने सहकार्य गरेर जाने सहमति जुटको छ ।

‘स्वतन्त्र वैकल्पिक र जेन-जीसँग पोजेटिभ कुरा भएको छ । मिलेर जान उहाँहरूसँग सम्भव छ,’ ती नेताले भने, ‘पहिलो प्रयास रास्वपासहित मिलेर जाने कुरा हो । रास्वपासँग नमिले अरू वैकल्पिक शक्ति, विभिन्न पार्टीका फरक विचार राख्नेहरू मिलेर जाने सहमति भएको छ ।’

कहाँ मिलेन कुरा ?

बालेनसँग विगतदेखि नै संवादमा रहेका नेताका अनुसार रास्वपासँग शक्तिको बाडँफाँटमा कुरा मिलेकै छैन । बालेन रास्वपाको सदस्यता लिएर पार्टीमा आउन चाहँदैनन् । उनी लौरो चुनाव चिह्न राखेर रास्वपा अगाडि जानुपर्ने र पूरा कार्यकाल प्रधानमन्त्री पाउनुपर्ने अडानमा छन् । रास्वपा पनि अहिले लचिलो भएर पलपुरको पछि लागेर पार्टी नै सदस्य नभएका बालेनलाई अगाडि बढाउने पक्षमा छैन

‘बालेनलाई साधारण सदस्य बनेर आउनुहोस् । अहिले नै यो पद या त्यो पद दिने भनेर सर्त नगरौँ । पछि मिलेर जाउँला भनेर रास्वपा सभापतिले तीन पटकै भेटमा भन्नुभएछ । उहाँले बहुमतपछिको प्रधानमन्त्री पनि दाजुभाइ मिलेर चलाउँला भन्नु भएछ’, एक नेता भन्छन्।

कुलमानलाई पनि मिलाएर सँगै जाऊँ भन्ने कुरा भइरहेको छ। ‘यदि बालेनले स्वतन्त्र नजितेको भए रास्वपा नै जन्मँदैन थियो । तर रविले पहिला पार्टीमा आउनुहोस्, साथीहरूले माने म प्रधानमन्त्री पनि बनाइदिउँला भन्नुभएछ’, स्रोत भन्छ, ‘ठोस निर्णय नआएपछि कुरा मिलेन । मोर्चागत एकतामा कुरा मिल्छ । रविले पार्टी सदस्य नै नभएकालाई प्रधानमन्त्री मानेर जान्छु भन्दा साथीहरूले पार्टी नै फुटाउने चिन्ता जनाउनु भएको छ।’

बालेन र रविले वार्तापछि पनि आवश्यक परे थप कुरा गर्ने भनेका छन् । आफू बाहिरिएपछि रविले पठाएका शिशिरसँग लौरो चुनाव चिह्न राखेर पद दिए मात्रै रास्वपासँग सहकार्य हुने अडान बालेनले राखेको दाबी छ।

कुलमानसँग सकारात्मक छलफल
भेटघाटमा संलग्न नेताका अनुसार रास्वपासँग भन्दा ऊर्जामन्त्री तथा उज्यालो नेपालका नेता कुलमान घिसिङसँग बालेनको कुरा अगाडि बढेको छ ।

‘कुलमान सँगसँगै जाने कुरा भएको छ । अरू ठोस कुरा भएको छैन । कुलमान पनि बालेनलाई नेता मानेर जान तयार हुनुहुन्छ । पार्टीका नेता पनि बालेन पार्टीमा ल्याउन सहमत छन् । कुलमान र बालेनमा समस्या छैन,’ स्रोत भन्छ, ‘उज्यालो नेपालमा कुलमानजी औपचारिक नजोडिनुको कारण पनि बालेन र उहाँको सहकार्य हो । बालेन कुलमान अगाडि बढ्दा देश विकास पार्टी, चुनाव चिह्न लौरो भन्ने छ । यदि पार्टीको नाम उज्यालो नेपाल भए चुनाव चिह्न लौरो हुन्छ ।’ अहिले कुलमानले दर्ता गराउन लगाएको उज्यालो नेपाल पार्टीको निर्वाचन चिह्न चिम बत्ती छ ।

‘बालेनले देश विकास पार्टी चुनाव चिह्न लौरो लिएर जाने योजना बनाइसक्नु भएको छ । कुलमानसँग मिल्दा पनि बालनेले सकभर यही पार्टी अगाडि बढाएर उज्यालो नेपालका साथीहरूलाई ल्याउने तयारी गर्नुभएको छ’ उज्यालो नेपालका अर्का सदस्य भन्छन्, ‘यदि त्यो अवस्था आए लौरो निर्वाचन चिह्र छाड्नुहुन्न । हामीलाई पनि बालेनले उज्यालो नेपालमा त्यसै भनेर पठाउनुभएको हो ।’

बालेन र कुलमान मिलेमा नेता बालेन नै रहने नेताहरूको दाबी छ । उज्यालो नेपालका नेताहरू दुई नेता मिलेर बनेको पार्टीमा समाहित हुने तयारीमा छन् ।

आफ्नो पार्टी पनि तयार

हालसम्मको बैठकमा वैकल्पिक शक्ति नेता र जेन-जीहरू बालेनको पक्षमा छन् । जेन-जी अभियन्ता सुदन गुरुङ, रक्षा बम, पुरुषोतमम यादव, जेम्स कार्की, रोजनराज दंगाल सुजनराज भण्डारी, विवेकशील साझाका मिलन पाण्डे, कांग्रेसका सुनिल शर्मा, अमरेश सिंहलगायतका नेताले पनि बालेनँलाई सँगै मिलेर जाने बचन दिएका छन् ।

यदि बालेन कुलमान र रवि दुवै सँग नमिलेको खण्डमा जेन-जी र वैकल्पिक शक्ति लिएर निर्वाचनमा जाने छन् । उनले छानेको देश विकास पार्टी चुनाव चिह्न लौरो अहिले निर्वाचन आयोगमा १ सय ८८ नम्बरमा दर्ता छ ।

आयोगको साइडमा हेर्दा यो पार्टी अनन्तराज घिमिरे अध्यक्षमा रहेको देखिन्छ । उनीसँगै विनोद बजगाईँको नाम छ । यो पार्टी २०७९ असार २९ गते आयोगमा दर्ता भएको हो । यसअगाडि त्यही महिनाको १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी अयोगमा दर्ता भएको थियो ।
समानुपातिक लिस्ट तयार पार्दै, दलसँग पनि वार्ता
यदि बालेन, रवि र कुलमानसँग मिल्न नसके उनी अगाडि बढिहाल्ने योजनामा छन् । उनको समूहले यतिखेर समानुपातिकका पठाउने नामहरूको सूची बनाउँदै छ ।

निर्वाचन अयोगले यही १४ गतेसम्म समानुपातिकको लिस्ट बुझाउने समय दिएको छ । त्यसअगाडि नै सकेसम्म मिलेर कुलमानसँग जाने, नभए बालेन आफैेंले देश विकास पार्टी हाँक्ने तयारीमा छन् । सुदन गुरुङलगायतका पानि बालेनलाई अगाडि बढाएर जाने पक्षमा छन् ।

कुरा नमिलेपछि सहकार्यको ढोका खुल्ला


यता बालेन र कुलमाननिकट नेताहरू अहिले पार्टी एक भएर जाने अवस्था नआए चुनावी तालमेल अथवा मोर्चा गरेर जान तयार भएको बताउँछन् । रास्वपा उपसभापति डिपी अर्याल भन्छन्, ‘देशले खोजेकाले नयाँ पुस्ता एक भएर जान तर मोडालिटी पूरै तयार भएको छैन ।’

यता कुलमान पक्षका नेता महेन्द्र लावती पनि बालेनसँग एक भएर जानका छलफल चलिरहेको स्वीकार गर्छन् । उनी पार्टी एक नभएको अवस्थामा मोर्चा सम्म बन्ने दाबी गर्छन् । उनी भन्छन्, ‘पार्टी एक भएर जाने कुरामा कुलमान बालेनको कुरा नजिक छ । यदि कारणवश कुरा नमिले चुनावी मोर्चा बन्छ ।’

वार्तामा बसेका विवेकशीलका नेता मिलन पाण्डेका अनुसार नयाँ शक्ति एक भएर एक ठाउँमा आउने सहमति जुटेको छ । ‘कसरी के गरेर मिलेर जाने भन्ने कुरामा छलफल गरेपछि थाहा हुन्छ । मोडालिटी विकास भएको अवस्था छैन । नेताहरू लागिरहनुभएको छ । मैले पनि मिलौँ भनेर भूमिका खेलेको छु ।’

पाण्डेलाई के रवि बालेन कुलमान एकै भएर जान्छन् भन्ने प्रश्नमा भन्छन् : एक प्रकारको भद्र सहमति भएको बुझेको छु । एक अर्कालाई सहयोग गर्ने ।’

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १० : ५३ बजे

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे संसद् भवनको अनुगमन

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन सङ्घीय संसद् भवनको

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य