वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट : पक्राउ परेकामध्ये एकजना रास्वपाका जिल्ला नेता, अर्का शुभेच्छुक « Khabarhub

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट : पक्राउ परेकामध्ये एकजना रास्वपाका जिल्ला नेता, अर्का शुभेच्छुक


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई गत माघ २ गते काठमाडौं जिल्ला अदालत परिसरमा कुटपिटमा संलग्नमध्ये एकजना आफ्ना कार्यकर्ता रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकारेको छ ।

त्रिपाठीलाई आक्रमण गरेपछि कडा अभिव्यक्ति तत्कालै दिएका महेन्द्र पाण्डे भनिने महानन्द जैशी रास्वपा हुम्लाका संस्थापक उपसभापति भएको खुलेको छ ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा जाहेरवाला (सहकारीपीडित)का तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीलाई पाण्डेसहितले लछारपछार पार्दै कुटेका थिए । आफूलाई कुटिपट गर्नेलाई कारबाही मागसहित त्रिपाठीले जाहेरी दिएपछि तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

पक्राउपर्नेमध्ये ललितपुरको टीकाथली निवासी ललितकुमार केसी र शीतल उपनामकी सीता राई रहेकी छन् । पाण्डेसँगै सीता पनि रास्वपा काठमाडौं ३२ की सभापति भनिए पनि उनीबारे पार्टी मौन छ ।

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले महेन्द्र भनिने महानन्द जैशी पार्टीको क्रियाशील सदस्य रहेको स्वीकारेका छन् । यद्यपि पाण्डेले त्रिपाठीलाई कुटपिट नगरेको जिकिर रास्वपाको छ ।

रास्वपाले त्रिपाठीमाथि कुटपिट भएकै दिन विज्ञप्ति निकालेर यस प्रकरणमा आफ्ना कार्यकर्ता संलग्न भएको पुष्टि भएमा कारबाही गर्ने जनाएको थियो ।

कार्यवाहक महामन्त्री बुर्लाकोटीले कुटपिटमा संलग्न भएको प्रमाणित भए तत्काल कारबाही गर्ने बताएका थिए । तर अहिले उनैले पाण्डे घटनास्थलमा भए पनि कुटपिट नगरेको भनेर बचाउ गरेका छन् ।

पाण्डे रास्वपामा सभापति लामिछानेनिकट हुन् । २०८० वैशाख १० चितवनमा २ मा भएको उपनिर्वाचनमा रविविरुद्ध नै लडेर १८ भोट ल्याएपछि उनी रास्वपामा प्रवेश गरेका थिए। धेरै समय काठमाडौंमै बस्ने उनी रास्वपा केन्द्रीय कार्यालय धाइरने कार्यकर्ता हुन् । उनी रविविरुद्ध बोल्नेमाथि तत्कालै जाइलाग्ने गर्थे ।

पक्राउ परेकामध्ये दोलखाको तामाकोसी गाउँपालिका–१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-५ टीकाथली निवासी केसी भने रास्वपा कार्यकर्ता होइनन् । उनले सदस्यताका लागि निवेदन दिए पनि रास्वपाले दिइसकेको छैन । सदस्यता नपाइसकेकाले उनी रास्वपाका शुभेच्छुक हुन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ५ : ३८ बजे

सौरभको ‘साम्राज्य’मा सौगातको इन्ट्री

काठमाडौं – बिग बजेटको फिल्म भनेर निर्माण पक्षले दाबी गरेको

गत वर्षको चौथो त्रैमासिक अवधिमा तीन वटा बैंक परे कारबाहीमा

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियमनकारी निर्देशनहरू उल्लंघन

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौं– राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ ।

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति

बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान

चितवन– डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा