वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट : पक्राउ परेकामध्ये एकजना रास्वपाका जिल्ला नेता, अर्का शुभेच्छुक « Khabarhub

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट : पक्राउ परेकामध्ये एकजना रास्वपाका जिल्ला नेता, अर्का शुभेच्छुक


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई गत माघ २ गते काठमाडौं जिल्ला अदालत परिसरमा कुटपिटमा संलग्नमध्ये एकजना आफ्ना कार्यकर्ता रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकारेको छ ।

त्रिपाठीलाई आक्रमण गरेपछि कडा अभिव्यक्ति तत्कालै दिएका महेन्द्र पाण्डे भनिने महानन्द जैशी रास्वपा हुम्लाका संस्थापक उपसभापति भएको खुलेको छ ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा जाहेरवाला (सहकारीपीडित)का तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीलाई पाण्डेसहितले लछारपछार पार्दै कुटेका थिए । आफूलाई कुटिपट गर्नेलाई कारबाही मागसहित त्रिपाठीले जाहेरी दिएपछि तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

पक्राउपर्नेमध्ये ललितपुरको टीकाथली निवासी ललितकुमार केसी र शीतल उपनामकी सीता राई रहेकी छन् । पाण्डेसँगै सीता पनि रास्वपा काठमाडौं ३२ की सभापति भनिए पनि उनीबारे पार्टी मौन छ ।

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले महेन्द्र भनिने महानन्द जैशी पार्टीको क्रियाशील सदस्य रहेको स्वीकारेका छन् । यद्यपि पाण्डेले त्रिपाठीलाई कुटपिट नगरेको जिकिर रास्वपाको छ ।

रास्वपाले त्रिपाठीमाथि कुटपिट भएकै दिन विज्ञप्ति निकालेर यस प्रकरणमा आफ्ना कार्यकर्ता संलग्न भएको पुष्टि भएमा कारबाही गर्ने जनाएको थियो ।

कार्यवाहक महामन्त्री बुर्लाकोटीले कुटपिटमा संलग्न भएको प्रमाणित भए तत्काल कारबाही गर्ने बताएका थिए । तर अहिले उनैले पाण्डे घटनास्थलमा भए पनि कुटपिट नगरेको भनेर बचाउ गरेका छन् ।

पाण्डे रास्वपामा सभापति लामिछानेनिकट हुन् । २०८० वैशाख १० चितवनमा २ मा भएको उपनिर्वाचनमा रविविरुद्ध नै लडेर १८ भोट ल्याएपछि उनी रास्वपामा प्रवेश गरेका थिए। धेरै समय काठमाडौंमै बस्ने उनी रास्वपा केन्द्रीय कार्यालय धाइरने कार्यकर्ता हुन् । उनी रविविरुद्ध बोल्नेमाथि तत्कालै जाइलाग्ने गर्थे ।

पक्राउ परेकामध्ये दोलखाको तामाकोसी गाउँपालिका–१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-५ टीकाथली निवासी केसी भने रास्वपा कार्यकर्ता होइनन् । उनले सदस्यताका लागि निवेदन दिए पनि रास्वपाले दिइसकेको छैन । सदस्यता नपाइसकेकाले उनी रास्वपाका शुभेच्छुक हुन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ५ : ३८ बजे

सनी देओल अभिनीत ‘बोर्डर २’ को टिजर सार्वजनिक

काठमाडौँ– बलिउड अभिनेता सनी देओल अभिनीत प्रतीक्षित फिल्म ‘बोर्डर २’

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन

जुम्ला– जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिकटन स्याउ

म्यान्मा : चुनाव ‘अवरोध’ आरोपमा सयौँमाथि मुद्दा चलाउने तयारी

एजेन्सी– म्यान्माको सैन्य जुन्ताले बुधबार सेनाद्वारा सञ्चालित आगामी चुनावलाई ‘अवरोध’

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१