के सकिएकै हो अमेरिका र रुसको तिक्तता ? | Khabarhub Khabarhub

के सकिएकै हो अमेरिका र रुसको तिक्तता ?

महासभा र सुरक्षा परिषदमा एउटै कित्तामा रुस-अमेरिका


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

सोमबार राति विश्व राजनीतिका लागि एउटा महत्त्वपूर्ण संयोग देखा परेको थियो। संयुक्त राष्ट्र सङ्घको महासभामा युक्रेनको क्षेत्रीय अखण्डतालाई संरक्षण गर्ने तथा मस्को गतिविधिमा निन्दा गर्ने युरोपेलीको विपक्षमा रुस र अमेरिका एक भए। विश्व भू-राजनीतिमा रुस र अमेरिका एउटै कित्तामा रहेको यो सायद पहिलो पटक हो। सन् १९४५ मा संयुक्त राष्ट्र सङ्घको स्थापना भएपछि महासभा तथा सुरक्षा परिषदमा यी दुई देश विपक्षमा नै रहे।

सोमबार यी दुवै देश सुरक्षा परिषदमा अमेरिकाले पेस गरेको सङ्कल्प प्रस्तावको पक्षमा रहे। सो प्रस्तावमा अमेरिकाका सहयोगी मानिएका फ्रान्स र बेलायत भने अनुपस्थित थिए। उनीहरूको प्रस्तावमा भिटो प्रयोग गरिए पनि अमेरिकी प्रस्तावमा उनीहरू अनुपस्थित भएका हुन्। यो ध्रुवीकरणका बाबजुद यो साता युद्ध अन्त्यका लागि फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री केइर स्टेइमरको अमेरिका भ्रमणको कार्यक्रममा भने कुनै फेर बदल भएन।

सोमबार रुसले युक्रेनमा आक्रमण गरेको तीन वर्ष पुरा भएको छ। युक्रेनको क्षेत्रीय अखण्डतामा आघात गरेको भन्दै रुस, बेलारुस र उत्तर कोरियाविरुद्धमा राष्ट्र सङ्घको महासभामा खेद प्रस्ताव पेस भएको थियो। युरोपेली देशबाट पेस भएको सो प्रस्तावको विपक्षमा अमेरिका रहेको थियो।

रुसको कुनै आलोचना नगरी अर्को एक प्रस्ताव अमेरिकाले सुरक्षा परिषदमा दर्ता गरेको थियो। सो अमेरिकी प्रस्तावको पक्षमा पनि रुस र अमेरिका एक साथ थिए। युद्ध अन्त्यका लागि पेस भएको सो प्रस्ताव पारित भयो। सो प्रस्तावमा भएको मतदानमा अमेरिकाका सहयोगी बेलायत र फ्रान्स भने अनुपस्थित भए।

युद्धलाई हेर्ने दृष्टिकोण फरक भइरहेको समयमा भएको फ्रान्सेली राष्ट्रपति म्याक्रोनको अमेरिका भ्रमणको दौरान ती प्रस्ताव पेस भएका थिए। बेलायती प्रधानमन्त्री केइर स्टेइमर भने बिहीबार अमेरिका भ्रमणमा जाने छन्। अहिले अमेरिकाको भूमिका सन्देह स्पद छ।

युरोपसँगको सम्बन्ध बिगारिसकेको छैन। तर घटनाक्रमले अन्य युरोपेली देश भन्दा रुससँग अमेरिकाको सम्बन्ध नजिकिएको बारम्बारको घटनाले पुष्टि गरेको छ।

१९३ सदस्य रहेको महासभामा अमेरिकाले युद्ध अन्त्यको प्रस्ताव गरेको थियो। यसैलाई अझ विस्तृत बनाउँदै युरोपेली देशले रुस माथि नै आरोप लगाएका थिए। उनीहरूको प्रस्तावमा रुसले युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमिकतामा प्रहार गरेको कारण यो युद्ध भएको आरोप लगाइएको थियो।

युक्रेनकी सहायक विदेश मन्त्री मारियाना बेइट्सले यस किसिमको आक्रमण निन्दा योग्य नै भएको हुँदा कहिले पनि पुरस्कृत हुन नहुने कुरा राखेकी थिइन्। सो प्रस्ताव ९३ मतसहित पारित भयो। अमेरिकाले भने सो प्रस्तावको विपक्षमा आफूलाई प्रस्तुत गरेको थियो। ६५ देश मतदानमा अनुपस्थित थिए। अमेरिका सहित रुस, बेलारुस, उत्तर कोरिया, सुडान र हंगेरी लगायत देश विपक्षमा रहे। अमेरिकी प्रस्ताव भने युक्रेनको पक्षमा केही परिमार्जन भएर पास भयो। त्यसमा पनि अमेरिका अनुपस्थित रहेको थियो।

१५ सदस्सीय सुरक्षा परिषदमा अमेरिकाले राखेको प्रस्तावको पक्षमा भने १० देश रहे। रुसको आलोचना विना युद्ध अन्त्यका लागि राखिएको सो प्रस्तावको मतदानमा बेलायत, फ्रान्स, डेनमार्क, ग्रिस र स्लोभानिया अनुपस्थित रहे।

राष्ट्र सङ्घका लागि अमेरिकाको कार्यवाहक प्रतिनिधि डोरोथी क्यामेल सियाले यसलाई ऐतिहासिक कदम भनेकी छिन्। तीन वर्ष अघि रुसले युक्रेनमा आक्रमण सुरु गरे यता सुरक्षा परिषद्ले कुनै पनि ठोस निर्णय गर्न सकेको थिएन। अन्य देशले राखेका हरेक प्रस्तावमा रुसले भिटो प्रयोग गर्ने गरेको थियो।

रुस र अमेरिका सम्बन्ध र विगत
रुस र अमेरिका बिचको लगभग एक शताब्दी लामो तिक्ततापूर्ण समय तथा शीतयुद्धलाई तीन चरणमा विभाजन गर्न सकिन्छ। पहिलो चरणको शीत युद्ध कालीन समय सन् १९१७ देखि १९३३ को बिचमा थियो। त्यसो समयमा अमेरिकाले सोभियत सत्ताको अस्तित्वलाई समेत स्वीकार गर्न सकेको थिएन।

सन् १९४८ देखि १९८८ सम्मको दोस्रो चरणको शीत युद्ध धेरैका लागि जानकारीको विषय हो। यो समयको शीतयुद्धलाई सन् १९८८ अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र रुसी राष्ट्रपति मिखायल गोर्भाचोभले अन्त्यको घोषणा गरेका थिए।

तेस्रो चरणको शीत युद्ध कालीन समयको रूपमा सन् १९९० को दशकको अन्त्यदेखि यताको समय लिइन्छ। अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले रुसको सीमासम्म नाटोको सेना पठाउने तथा रुसका निकट सर्बिया माथिको आक्रमणले तेस्रो चरणको शीत युद्धको सुरुवात गरेको थियो।

शीतयुद्ध कालिन समयको सबै भन्दा चर्चित घटना सन् १९१८ मा भएको थियो। रुसमा गृह युद्ध चलिरहेको समयमा अमेरिकी राष्ट्रपति विडो विल्सनले त्यहाँको कम्युनिस्ट सेनाको विरुद्धमा लड्न ८००० सेना पठाएका थिए विगतको तिक्ततापूर्ण सम्बन्धका बाबजुद भ्लाडिमिर पुटिन सत्ताका लागि डोनाल्ड ट्रम्पको शासन सहयोगी साबित भएको चर्चा हुन थालेको छ।

तीन वर्ष अघि रुसले युक्रेनमा आक्रमण गर्दा जो बाइडेन अमेरिकाका राष्ट्रपति थिए। तीन वर्षको समयमा अमेरिका युक्रेनको सहयोगी साबित भएको थियो। राष्ट्रपति बाइडेनले त रुसले युक्रेनलाई आक्रमण गर्ने समयमा ट्रम्पको सत्ता भएको भए किभ पुटिनको हातमा पुगी सक्ने अभिव्यक्ति दिइसकेका छन्।

पहिलो शीत युद्ध भन्दा अघि नै पहिलो विश्व युद्ध भएको थियो। सन् १९१४ मा नै रुस, फ्रान्स र जर्मनी मिलेर पहिलो विश्व युद्धको घोषणा गरेका थिए। त्यस समयका रुसका सहयोगी फ्रान्स र जर्मन अहिले रुस अमेरिका गठ जोडको पक्षमा छैनन्।

जर्मनीमा यसै साता भएको निर्वाचनमा क्रिस्चियन डेमोक्रेटिक युनियनले सफलात पाइसकेको छ। सोही दलका नेता फ्रेडरिक मर्जले त अब युरोपेली एक जुट हुनुको विकल्प नभएको बताइसकेका छन्।

JPG converted with https://ezgif.com/webp-to-jpg

ट्रम्प बाइडेन प्रशासनले गरेको सहयोगको बदलामा खनिज सम्झौताको नजिक पुगेका छन्। रुसी राष्ट्रपति पुटिनले पनि आफूसँग सम्झौता गरे आफूले कब्जामा लिएको भूमिको खनिजमा अमेरिकी पहुँचको लागि प्रस्ताव गरी सकेका छन्। यो प्रस्ताव कसरी अघि बढ्छ टुङ्गो छैन। तर क्लिन्टन कार्यकालमा सुरु भएको तेस्रो चरणको शीत युद्धको पनि लगभग अन्त्य भएको देखिएको छ।
स्रोत : बिबिसी, द नेसन, सिएनएन

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १० : ०९ बजे

मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवमा आत्मिक जागरण

विधेयकले बल्झाएको बहस– आईजीपीले प्रहरी चलाउने कि सीडीओले ?

काठमाडौं– यसलाई संयोग नै मान्नुपर्छ, कोशी प्रदेशअन्तर्गत ताप्लेजुङ जिल्लामा आन्दोलनकारीमाथि

भारतीय केरा आयातले नेपाली केराको बजार प्रभावित

चितवन– भारतीय केराको आयातले नेपालमा उत्पादित केराको बजारलाई प्रभावित बनाएको

पहिलो हाफमा चुकेको नेपालले दोस्रो हाफमा लगालग गोल खायो

काठमाडौं- काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल नेपालले लगालग गोल