मालिका भगवती मन्दिर पुनर्निर्माण सुरु « Khabarhub

मालिका भगवती मन्दिर पुनर्निर्माण सुरु


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको प्रसिद्ध शक्तिपीठ मालिका भगवती मन्दिरको पुनर्निर्माण थालिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त ५४ लाखबाट पुनर्निर्माण थालिएको मालिका भगवती मन्दिर व्यवस्थापन समितिका महासचिव खिम सापकोटाले जानकारी दिए ।

‘परापूर्वककालदेखि थानलाई पूजा गरिन्थ्यो, त्यही थानमा सानो सिमन्टको मन्दिर निर्माण भएको थियो, उक्त मन्दिर जीर्ण भएपछि अहिले पर्यटन मन्त्रालयको पहलमा पुनर्निर्माण थालिएको हो’, सापकोटाले भने, ‘दिव्य शिलालाई घेरेर ढुङ्गा र काठबाट कलात्मक रुपमा मन्दिर पुनर्निर्माण भइरहेको छ ।’

दिव्य शिला भएको स्थानलाई घेरेर तीन तलाको पेगोडा शैलीमा मन्दिर निर्माण भइरहेको र अन्य दाताले  सहयोग गरिरहेकाले चालु आर्थिक वर्षमै मालिका मन्दिर, पर्खाल, नागको मन्दिर, सत्तल र खेल मैदानलगायत पूर्वाधार निर्माण हुने उनको भनाइ छ ।

अहिले भक्तपुरको कलात्मक शैलीमा मन्दिर पुनर्निर्माण भइरहेको छ । एउटै शिलाको ढुङ्गालाई काटेर मन्दिर निर्माण भइरहेको र भक्तपुरबाट काठको झ्याल तथा ढोका आयात गरिएको बताए ।

ललितपुरका कालीगढबाट ढुङ्गा कुँदिएको, कलात्मक टुँडाल र तामाले छाएको मन्दिर निर्माण हुनेछ । मल्लकालीन थानलाई मालिका भगवतीको रुपमा लिइएको किंवदन्ती रहेको र मालिका मन्दिरलाई बागलुङको कालिका मन्दिरको बहिनीको रुपमा पूजा गर्ने प्रचलन छ । 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ११ : ५७ बजे

बीपीएल : सन्दीपको टिम राजशाही सुपर ओभरमा विजयी

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत बिहीबार भएको खेलमा

मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिला

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै

नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते

स्विट्जरल्याण्ड – दक्षिणी स्विट्जरल्याण्डको क्रान्स–मोन्टानामा रहेको स्की रिसोर्टको बारमा आगलागी

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

गोरखा– सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको

परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना

काठमाडौं– रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त