मालिका भगवती मन्दिर पुनर्निर्माण सुरु « Khabarhub

मालिका भगवती मन्दिर पुनर्निर्माण सुरु


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको प्रसिद्ध शक्तिपीठ मालिका भगवती मन्दिरको पुनर्निर्माण थालिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त ५४ लाखबाट पुनर्निर्माण थालिएको मालिका भगवती मन्दिर व्यवस्थापन समितिका महासचिव खिम सापकोटाले जानकारी दिए ।

‘परापूर्वककालदेखि थानलाई पूजा गरिन्थ्यो, त्यही थानमा सानो सिमन्टको मन्दिर निर्माण भएको थियो, उक्त मन्दिर जीर्ण भएपछि अहिले पर्यटन मन्त्रालयको पहलमा पुनर्निर्माण थालिएको हो’, सापकोटाले भने, ‘दिव्य शिलालाई घेरेर ढुङ्गा र काठबाट कलात्मक रुपमा मन्दिर पुनर्निर्माण भइरहेको छ ।’

दिव्य शिला भएको स्थानलाई घेरेर तीन तलाको पेगोडा शैलीमा मन्दिर निर्माण भइरहेको र अन्य दाताले  सहयोग गरिरहेकाले चालु आर्थिक वर्षमै मालिका मन्दिर, पर्खाल, नागको मन्दिर, सत्तल र खेल मैदानलगायत पूर्वाधार निर्माण हुने उनको भनाइ छ ।

अहिले भक्तपुरको कलात्मक शैलीमा मन्दिर पुनर्निर्माण भइरहेको छ । एउटै शिलाको ढुङ्गालाई काटेर मन्दिर निर्माण भइरहेको र भक्तपुरबाट काठको झ्याल तथा ढोका आयात गरिएको बताए ।

ललितपुरका कालीगढबाट ढुङ्गा कुँदिएको, कलात्मक टुँडाल र तामाले छाएको मन्दिर निर्माण हुनेछ । मल्लकालीन थानलाई मालिका भगवतीको रुपमा लिइएको किंवदन्ती रहेको र मालिका मन्दिरलाई बागलुङको कालिका मन्दिरको बहिनीको रुपमा पूजा गर्ने प्रचलन छ । 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ११ : ५७ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

काठमाडौँ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना

भीरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा– बाजुराको बडीमालिका नगरपालिकामा भीरबाट लडेर आइतबार दुई जनाको मृत्यु

आईसीसीको ‘सिक्सर क्लब’मा युवराज सिंहदेखि कुशल भुर्तेलसम्म : को को छन् अरु ?

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका आक्रामक ओपनर कुशल भुर्तेलले

सरकारको उच्च प्राथमिकतामा सुनकोशी-मरिन आयोजना, एक हप्ताभित्र पुनः ठेक्का आह्वान गरिँदै

काठमाडौं- राष्ट्रिय गौरवको सुनकोशी मरिन बहुउद्देशीय डाइभर्सन आयोजना निर्माणको काम