विविध कार्यक्रमसहित टुँडिखेलमा सेना दिवस सम्पन्न « Khabarhub

विविध कार्यक्रमसहित टुँडिखेलमा सेना दिवस सम्पन्न


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा सेना दिवस-२०८१ आज फाल्गुण १४ गते विविध कार्यक्रमहरूसहित मनाइएको छ ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहको सुरुमा प्रमुख अतिथि राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले वीर स्मारकमा पुष्पहार चढाइ सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । 

उनले नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही-२०८१ विमोचन गर्नुका साथै फ्री-फल जम्पमा प्रथम र द्वितीय हुने क्रमशः सेनानी जगन्नाथ दनै र अमल्दार मित्र बहादुर राना मगरलाई पुरस्कार प्रदान गरे । 

त्यसैगरी कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिने नेपाली सेनासहित मित्रराष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीका प्रमुखहरूलाई उपहार प्रदान गरे ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा लगायत महाशिवरात्रि तथा सेना दिवसको ब्यानर प्रदर्शन सहित पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा राइफल र तोपबाट बढाइँ गरिनुका साथै विविध सैनिक कला र सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

सो अवसरमा प्रधानसेनापतिले गैरसैनिक क्षेत्रका ब्यक्तित्वहरुलाई प्रधानसेनापति प्रशंसा निसान तथा कदर पत्रद्वारा सम्मान गर्नुका साथै केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता-२०८१ मा प्रथम तथा द्वितीय हुने क्रमशः उपत्यका पृतना र उत्तर पश्चिम पृतनालाई पुरस्कृत गरेका थिए ।

समारोहमा सम्माननीय उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, पूर्व प्रधान सेनापतिहरू, मित्रराष्ट्र भारतका पूर्व स्थल सेनाध्यक्षहरु, नेपाल सरकारका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, महामहिम राजदूतहरू, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरू, सैनिक सहचारीहरू, युवा आदान प्रदान कार्यक्रममा सहभागी विभिन्न देशका क्याडेटहरु र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ६ : ०० बजे

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती